मेयर जिसीको नेतृत्वमा पोखराका पर्यटन ब्यवसायी चीन प्रस्थान

पोखरा, २४ पुस । छिमेकी मुलुक चिनको निम्तोमा पोखराका पर्यटन ब्यवसायीहरु चीन प्रस्थान गरेका छन । चीनको नानिंग शहरको निम्तो मान्न पोखराका पर्यटन ब्यवसायी पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीको नेतृत्वमा चीन प्रस्थान गरेका हुन ।
पोखराको पर्यटन प्रवद्र्धन गराउनुका साथै सन् २०१८ मा चीनको नानिंग शहरको पर्यटकलाई पोखरामा भित्र्याउने उद्देश्य सहित मेयर जिसीको नेतृत्वमा १८ सदसयीय टोली सोमबार अपराह्न्न चीन प्रस्थान गरेको हो । १० दिन सम्म हुने भ्रमणले पोखराको पर्यटनमा ठूलो टेवा पुग्ने नेपाल पर्यटन वोर्ड पोखराका प्रशासकीय अधिकृत सूर्य थपलियाले वताए । थपलियाले चीन नेपालको छिमेकी मुलुक संगै पर्यटकीय शहर पोखरा संग जोडिएको नाका समेत भएकाले चीनको पर्यटकलाई ठूलो संख्यामा पोखरा भित्रयाउनका लागी यो भ्रमण फलदायी हुने समेत वताए ।
त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पर्यटकीय शहर पोखरा र चीनको नानिंग शहर बीच एक आपसमा सम्बन्ध कायम गराउनका लागी यो भ्रमणले ठूलो भुमिका खेल्ने वताए । पर्यटन ब्यवसायी नरेश भट्टराइले चीनका पर्यटकहरु भित्रयाउनका लागी यो भ्रमण निकै फलदायी हुने विश्वास सहित पोखराका पर्यटन ब्यवशायी चीन प्रस्थान गरेको र १० दिने भ्रमणमा आफुहरुले नानिंग शहर संगै अन्य शहरको समेत भ्रमण गरी पोखरा भ्रमणका लागी निम्तो दिने वताए । त्यस्तै अर्का पर्यटन ब्यवसायी तथा रेष्टुरेण्ट तथा बार एशोसियसन रेवान पोखराका पूर्व अध्यक्ष गोपी भट्टराइले पोखरामा चिनिया पर्यटकलाई निम्तो दिनकै लागी भ्रमणले मुख्य भुमिका खेल्ने वताए ।
भ्रमण टोलीमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, नेपाल पर्यटन वोर्ड पोखराका प्रशासकीय अधिकृत सूर्य थपलिया, रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ, पर्यटन ब्यवशायीहरु नरेश भट्टराइ, गोपी भट्टराइ, चिरन्जीवि पोख्रेले, रामु गौतम, भिमसेन भुजेल, बसन्त गौतम, बिष्णु बहादुर भट्टराइ, वलराम पहारी, होम बहादुर गुरुङ, कुल बहादुर आचार्य, शालिकराम पौडेल, सुजीत थापा, सुमन भट्टराइ र सञ्चारकर्मीहरु एमबी आस्था र सुमन शर्मा सहभागी छन ।

You might also like

Comments are closed.