मेलाबाट कति आम्दानी गर्यो पोखरा उद्योग वाणिज्य संघले ?

पोखरा । पोखरा उद्योग वाणिज्य संघले गत वर्ष आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब  १२  लाख ४२ हजार  रुपैयाँ बचत भएको जनाएको छ । यद्यपि आउनुपर्ने र दिनुपर्ने हिसाब गर्दा यति रकम बचत हुने अपेक्षा गरिएपनि संघको खातामा सम्पूर्ण रकम भने जम्मा भइसकेको छैन ।

अध्यक्ष दामु अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार ४०० गरि ९८ लाख २३ हजार ४०० आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा बचत रकम कम भएको उनले जानकारी दिए ।

संघले बचतको लागि मेला आयोजना नगरेको प्रष्ट पार्दै अध्यक्ष अधिकारीले उद्यमशीलता विकास तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउनु मेलाको उद्देश्य भएको जिकिर गरे । उनले कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रष्ट पारे ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको आयोजना गर्ने जानकारी दिए । कोरोना कहर नसकिएकाले सुरक्षित रहँदै व्यवसाय गर्न उनले व्यवसायीहरुसँग आग्रह गरे ।

संघका महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गरे । पोखरा उद्योग वाणिज्य संघले २०७६ पुस १८ देखि २८ गतेसम्म आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६ को आयोजना गरेको थियो ।

lcci
You might also like

Comments are closed.