मेलाबाट व्यवसाय विस्तार र पर्यटकीय सम्भावनाको खोजी, प्रवेश टिकटमा कार उपहार

आर्थिक आवाज/पोखरा

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला’ हुँदैछ । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ नाराका साथ संघले पुस २७ देखि माघ ८ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मेला गर्दैछ । मेलालाई यस पटक नेपालकै प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी समूहले मुख्य टाइटल स्पोन्र्सर गरेको छ ।

पोखरा तथा समग्र देशकै औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउन मेला सफल हुने संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । ‘मेला प्रदेश नम्बर ४ को व्यवसाय बिस्तारको सम्भावनाको खोजी गर्न समर्पित हुनेछ,’ उनले भने, ‘मेलाबाट पर्यटकीय सम्भावना उजागर गर्नेछौं ।’

मेलाको आकर्षणमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, कृषि, पुष्प, अटो मेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधीहरुको प्रदर्शनी रहने महासचिव दामु अधिकारीले बताए । ‘मेलामा दैनिक उपभोग्य वस्तु तथा घरायसी सामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण हुनेछ,’ उनले भने । लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको साङगीतिक कार्यक्रम, लोकनृत्य र रत्यौली प्रतियोगिता पनि मेलाको आकर्षण बन्ने उनले बताए ।

मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरुको बृहत प्रदर्शनी तथा बिक्री पनि मेलाको आकर्षण बन्ने आयोजकको विश्वास छ । पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थीले मेलामा प्रदर्शन गर्ने रोबोटिक हन्ट्रेड हाउस (भूत घर) पनि मेलाको थप आकर्षण बन्ने अधिकारीले बताए । मेलामा डोममा निर्मित विशेष प्रकारका स्टलहरु सहित करिब २ सय ८० स्टल रहनेछन् तीमध्ये डोममा ७८, रेष्टुरेष्ट १२, अटो ४५, मेड इन नेपाल पेभेलियनमा १०, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ४०, प्mलोरिकल्चरमा ८ र बाँकी साधारण स्टल रहनेछन् । मेलाको २ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

मेलाबाट ९० लाख रुपैयाँ आम्दानी गरी खर्च ६० लाख कटाउँदा ३० लाख रुपैयाँ बचत हुने आयोजकको विश्वास छ । संघले आफ्नो आन्तरिक स्रोत र यसअघीका मेलाबाट भएको आम्दानी सदुपयोग गर्दैै मेलास्थलमा आकर्षक डोम निर्माण गर्ने अध्यक्ष पालिखेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मेलालाई पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग छ । लक्ष्मी ग्रुपको सफल दूध, हुण्डाई र कुलप्याण्ड स्मार्ट फोनको मुख्य प्रायोजन तथा नेपाल पर्यटन वोर्ड तथा ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको हो । मेलामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेड, अर्घाखाँची सिमेण्ट, फर्निचर ल्याण्ड, हरपल फुड प्रालिको हरपल चामल, बर्जर पेण्टस्को सहप्रायोजन र विजय डिष्टिलरी र यति ब्रुअरी प्रालिको विशिष्ठ प्रायोजन छ । गृहलक्ष्मी ग्याँस, कोसेली तेल, ओम डेभलपमेण्ट बैंक, आहा चाउचाउ, एसियन थाइ फुड, एक्सन पोलिमर, अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिबाट पनि मेलाका विविध विधामा सहकार्य भएको छ ।

पोखरा इन्टरनेट प्रालिको क्लियर टिभी र नागरिक दैनिक मिडिया पार्टनर रहेको मेलामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड वीमा प्रायोजक छ । अतिथी रिसोर्ट र माउण्ट कैलास रिसोर्ट मेलाको अफिसियल होटल छन् ।

प्रवेश टिकटमा कार उपहार

सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा प्रवेश टिकटमा कार उपहारको व्यवस्था गरिएको छ । ‘हामीले मेलामा टिकट काटेर आउने दर्शकलाई मेला हेरेपछि अन्तिम दिन गाडी चढेर जाने व्यवस्था मिलाएका छौँ’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने, ‘तपाईंले काटेको टिकटबाट गोलाप्रथाबाट बिजेता हुने एक जनालाई हामीले गाडीको व्यवस्था गरेका हौँ ।’

अध्यक्ष पालिखेका अनुसार बिजेतालाई हुण्डाई कम्पनीको इवन गाडी उपहारस्वरुप प्रदान गरिनेछ । सो गाडीको हालको बजार मूल्य १८ लाख रुपैयाँभन्दा बढी छ । मूल्य अभिवृद्धि करसहितको मेलाको टिकट मूल्य विद्यार्थीको लागि ४० र सर्वसाधारणको लागि ६० रुपैयाँ कायम गरिएको छ । बम्पर उपहार खोल्ने विधी पारदर्शी बनाइने जनाउँदै उनले आफूले काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्न पनि अनुरोध गरे । प्रवेश टिकटमा मनकामना तथा चन्द्रागिरी केवलकारको टिकटहरु पनि उपहारमा राखिएको संघका महासचिव दामु अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.