मेलामा आज पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण, साइबर क्राइमबारे अभिमुखीकरण

पोखरा, १ असार । पोखराको नयाँबजारमा जारी महिला उद्यमी मेला–२०७५ अन्तर्गत शुक्रबार महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गरिने भएको छ ।

नेपाल क्यान्सर अस्पताल काठमाण्डौंबाट आएका डाक्टर तथा प्राविधिक टोलीले बिहान १० बजेबाट नै क्यान्सरको परीक्षण सुरु गर्ने मेला मूल आयोजक समितिका संयोजक सीता बरालले जानकारी दिईन् । क्यान्सरजस्तो घातक रोगबारे आफ्नै घर आँगनमा परीक्षण गर्न पाइने अवसरको सदुपयोग गर्न उनले सम्पूर्ण पोखरेलीसँग आग्रह गरिन् । यसैगरी बिहीबारदेखि जारी निःशुल्क आँखा परीक्षण शुक्रबार पनि जारी रहनेछ ।

मेलामा शुक्रबार महिलाहरुलाई इन्टरनेट तथा साइबार क्राइम सम्बन्धमा डा. अभिजित गुप्ताले सहजिकरण गर्नेछन् । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकाली, हिमालदेखि तराईसम्मका महिलाहरुले उत्पादित सामाग्रीहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । भान्छामा प्रयोग हुने खानेकुरा, अचारदेखि बाग्लुङको आलु, हस्तकलाका सामाग्री, ढाकाका कपडाहरु सुलभ मूल्यमा बिक्री बितरण भइरहेको छ ।

मेलाअन्तर्गत बिहीबार आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले महिला उद्यमीहरुलाई करबारे अभिमुखरीकरण दिएका थिए । उनले कर प्रणालीबारे जानकारी राख्दै समयमा कर तिरेमा जरिवानाबाट बच्न सकिने बताए । े हस्तकलामा मूल्यअभिवृद्धि कर छुट भएको तर हस्तकलाकै सामानमा प्रयोग हुने टाँक लगायतका सामानमा भने भ्याट लाग्ने उनको भनाई थियो । अहिले व्यवसाय जहिले दर्ता गरेर कारोवार गरेको भए पनि आर्थिक वर्ष २०७१÷०७२ यताको तीन वर्षको कर तिरेमा बाँकी शुल्क मिनाहा हुने भएकोले यो सेवाको सुविधा लिन पनि उनले आग्रह गरे ।

महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवं ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध बिस्तार गरी ब्यवसायीक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एव व्यवसायि स्याथीत्वको बारेमा ब्यावसायिक विज्ञद्धारा प्रशिक्षण दिएर सवल सक्षम बनाउन मेला आयोजना गरिएको हो ।

You might also like

Comments are closed.