मेलाले उद्यमी बन्न प्रेरणा दिन्छः वरिष्ठ उपाध्यक्ष कोइराला

नारायण कोइराला
वरिष्ठ उपाध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यायार मेला’ हुँदैछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलाको पूर्व सन्ध्यामा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालासँग आर्थिक आवाजले गरेको कुराकानीको सम्पादित अंश

पोखरा उद्योग वाणिज्य संघले धेरै वर्ष अघिदेखि नै प्राथमिकता दिएर मेला÷महोत्सव गर्दै आइरहेको छ । वार्षिक रुपमा गरिने यो महोत्सव संघको मुख्य कार्यक्रम हो । महोत्सवमा हामीले स्वदेशीदेखि विदेशीसम्म, कृषि, हस्तकला, खाद्यान्नदेखि हरेक सामान एउटै थलोमा उपलब्ध गराउने काम गरिरहेका छौं । महोत्सवमा उपभोक्तालाई उत्पादित सामग्री चिनाउने र पु¥याउने दुवै काम राष्ट्रिय औद्योगिक व्यापार मेलाले गर्दै आएको छ ।

यो मेलाबाट ग्राहकहरु उद्यमी बन्ने र आफूलाई आवश्यक पर्ने सामानहरु खरिद गर्न सक्दछ । मेला महोत्सव उद्योगी, व्यापारी, उद्यमीदेखि उपभोक्त सबैका लागि उपयुक्त छ । नेपालमै पहिलो मेला÷महोत्सव आयोजना गर्ने पोखरा उद्योग वाणिज्य संघ हो । लगानीको सम्बद्र्ध, उद्योगी व्यवसायीको प्रवद्र्धन भन्ने उद्देश्यले कसरी उद्योगी, व्यवसायीले उत्पादन गरेका सामग्री प्रवद्र्धन गर्दै नागरिकको पहुँचमा पु¥याउन सकिन्छ भन्ने नै महोत्सवको मुख्य उद्देश्य हो । महोत्सवले सामान्य नागरिकलाई उद्यमी बन्न प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन तथा पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउन मेला आयोजना गरिएको हो । गण्डकी प्रदेशको व्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समेत मेला समर्पित छ ।

मेलाको आकर्षणमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी छन् । दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण पनि मेलाको आकर्षण बन्नेछ ।

You might also like

Comments are closed.