मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा गौचन पक्राउ

आर्थिक आवाज
पोखरा, १८ चैत । मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा प्रहरीले गणेश चौचनलाई पक्राउ गरेको छ । कास्कीमा १ थान मोटरसाइकल र २ थान स्कुटर चोरीको आरोपमा उनी पक्राउ परेका हुन् ।

विभिन्न मिति तथा स्थानहरुबाट मोटरसाइकल तथा स्कुटर हराएको निवेदन जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा उजुरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान तिब्र बनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट विशेष टोली परिचालन गरी चोरी गर्ने व्यक्तिको सूचना संकलन तथा चोरी भएका साधनको खोजतलास गर्ने क्रममा मुस्ताङ लेते ६ का २६ वर्षीय गौचन पक्राउ परेका हुन् । पोखरा महानगरपालिकाका वडा नं ९ पृथ्विचोकबाट उनलाई प्रहरीले पक्रिएको हो । उनले ग१प ७५०० नं को १८० सिसिको पल्सर मोटरसाइकल, ग१२प ३१४३ नं.को डियो स्कुटर र ग१३प ७६७३ नं को डियो स्कुटर चोरी गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.