मोडल हस्पिटलमा भएकोे रक्तदानमा ३७ युनिट रगत संकलन

पोखरा , २३ मंसिर ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, कास्की मोडल हस्पिटल प्रा.लि. न्युरोड पोखराको आयोजनामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । युनियनले आफ्नो स्थापनाको अबसर पारेर आईतबार कास्की मोडल हस्पिटल प्रा.लि. को प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको हो ।

“रक्तदान जिबन दान, जिबनदान महादान” भन्ने नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथी कास्की मोडल हस्पिटल प्रा.लि.का अध्यक्ष लेख बहादुर गुरुङले पहिलो रक्तदाता नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय सदस्य जितेन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । प्रमुख अतिथी गुरुङले युनियनले स्थापनाको अबसर पारेर सुरुवातमा नै सामाजिक क्षेत्रमा आफुलाई अगाडी बढाएकोमा खुसी ब्यक्त गर्दै युनियन आगमी दिनमा झन् सफल हुदै जाने धारण ब्यक्त गरेका थिए । गुरुङले युनियन र संस्था एक आपसमा सहकार्य गरेर जानु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै कास्की मोडल हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक डाक्टर लुमेश्वर आचार्यले युनियनसंग आफुहरु सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै युनियनको सफलताको कामना गरे । रक्त संचार केन्द्र पोखराका अर्जुन ज्ञवालीले स्वस्थ ब्यक्तीले हरेक तिन तिन महिनामा रक्तदान गर्न सक्ने भन्दै रक्तदानका फाईदाका बिषयमा प्रकाश पारेका थिए ।

युनियनका अध्यक्ष लक्ष्मी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डाक्टर गिरिधार शर्मा, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होम प्रालिका अध्यक्ष कृष्ण आचार्य, फेवासिटी हस्पिटल कर्मचारी युनियनका अध्यक्ष शेर बहादुर शाही, हिमाल भट्टराई लगायतले बोलेका थिए । युनियनका सचिब आनन्द आचार्यले स्वागत र कार्यक्रम संयोजक सुर्य पोख्रेलले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.