मोनोरेलको डीपीआरका लागि सम्झौता

काठमाडौं, ४ पुस । चक्रपथमा मोनोरेल सञ्चालनको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सम्झौता भएको छ । चीनको ‘चाइना रेल वे २५ व्युरो ग्रुप’ कम्पनिसँग बुधबार सम्झौता भएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेल वे कम्पनिका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु जुवाङ् विङ्ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । डीपीआरमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मुल्यांकन गर्ने, मनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनका चरण र लाभ विश्लेषण हुनेछ ।

यो मोनोरेलको डिपिआर तयार पार्दाको लागत सिसिआरसिले नै बेहोर्ने भएको छ । प्रतिवेदनमा प्राप्त भएको विवरण पूर्ण वा आंशिक स्वीकार गर्ने अधिकार काठमाडौं महानगरको हुनेछ । साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा करीब १० किलोमिटर सडक पर्दछ । सम्भाव्यता अध्ययनले चक्रपथमा निर्माण गरिने यो मोनोरेल ३ चरणमा विभाजन गरी निर्माणको काम गर्दा उपयुक्त हुने देखाएको छ । कोटेश्वरदेखि कलंकी खण्डमा पहिलो चरण, कलंकीदेखि महाराजगञ्जसम्म दोस्रो चरण, र महाराजगञ्जदेखि कोटेश्वरसम्म तेस्रो चरणमा काम गर्दा उपयुक्त हुने जनाएको छ । सो सम्भाव्यता अध्ययनले गौसालादेखि चाबहिलसम्म सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथमा पैदल मार्गभित्रको दोस्रो लाइनमा मनोरेल चलाउन सक्ने देखाएको छ । प्रतिवेदन पनि यसैको आधारमा तयार भएको छ ।

काठमाडौं भित्र हुने ट्राफिक जामलाई कम गर्ने बैंकल्पिक उपाय मनो रेल हो । मनोरेल आर्थिक रुपमा धेरै खर्चिलो छ । सो कारण आफै खर्च गर्न नसक्ने भएकाले चीन सरकार देखि सिसिआर संग सम्झौता गरेर काम अघाडि वढेको छ । अध्ययनअनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ भित्र मोनोरेल सञ्चालनका लागि करिब १ खर्ब १६ अर्ब लाग्नेछ

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...