मोबाइल एक्स्पोमा दवाडी सम्मानित

पोखरा, १ असोज ।

पोखरा टावर प्रालिले पत्रकार कृष्ण दवाडीलाई पोखरा टावर पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । प्रालिले आयोजना गरेको पोखरा टावर मोबाइल एक्स्पोको आइतबार भएको समापन समारोहमा पत्रकार दवाडीलाई सम्मानपत्र र नगद ५ हजार १ सयसहित सम्मान गरिएको हो । दवाडी हिमाली आवाज साप्ताहिक र पिस पोखरा डटकममा आवद्ध छन् ।

पोखरा टावर प्रालिले पोखराको महेन्द्रपुलमा सञ्चालनमा ल्याएको पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको छ । मेलामा १ करोड बढीको कारोबार भएको प्रालिले जनाएको छ ।

समापन समारोहमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाजलाई सुसूचित गर्ने पत्रकारको मर्मलाई व्यवसायी बुझ्नु सकारात्मक भएको बताए । भूगोल र जनसंख्याको आधारमा मात्र महानगर बनेको पोखरालाई सच्चिकै महानगर बनाउने दायित्व उद्योगी, व्यवसायी र यहीका नागरिकको भएको उनले उल्लेख गरे ।

पत्रकार दवाडीले सम्मानले आफूलाई यो क्षेत्रमा निरन्तर लाग्ने ऊर्जा थपिएको बताए । प्रालिका अध्यक्ष उदय केसीले मेलालाई सफल बनाउने सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । प्रालिका सचिव नारायण सुवेदीले पर्याप्त पार्किङ, सबैजसो ब्रान्डका मोबाइल, सर्भिस सेन्टर समेत बजारकै केन्द्रमा आफूहरुले उपलब्ध गराइएको बताए । कार्यक्रममा मेलामा उपहार जित्ने विजेताहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.