मोबाइल एपले पनि चलाउन सकिने विश्वको पहिलो इलेक्ट्रिक एयर ट्याक्सी

काठमाडौं । आउने समय फ्लाइङ ट्याक्सीको हुनेछ । उबर, एयरबस, लिलियम, एरोमोबिल, किटी हक, वोलोकप्टर सहित अनेक एभिएशन कम्पनी ड्रोन जस्तो फ्लाइङ कार बजारमा ल्याउने तयारीमा लागेका छन् । लिलियम कम्पनी फ्लाइङ इलेक्ट्रिक कार निर्माण गर्ने पहिलो कम्पनी हो । जसले पहिलो भर्टिकल टेकअफ लियो र प्यासेन्जर जेट जस्तै ल्यान्डिङ पनि गरेको थियो ।

जर्मन स्टार्टअप कम्पनी लिलियमले ५ सिटर क्राफ्ट फ्लिट बनाउन चाहेको थियो ताकि पाइलट र ड्रोन गरी दुबै मोडमा चलाउन सकियोस् । कम्पनीको जानकारी अनुसार २०२५ सम्ममा सो फ्लाइङ कार विश्वका केही शहरमा संचालन गर्ने योजना रहेको छ । सो फ्लाइङ कार पे–पर–राइड सर्भिस हुनेछ र यो पुरै प्रदूषणमुक्त हुनेछ । सो फ्लाइङ कारको स्पिड कार भन्दा ५ गुणा तीव्र हुनेछ र बाइकको भन्दा कम आवाज निकाल्छ ।

सो फ्लाइङ कारको पहिलो उडान निकै शानदार रहेको थियो । सो फ्लाइङ कारको ३०० किलोमिटर प्रतिघन्टाको स्पिड हुनेछ र यसले ३०० किलोमिटरको दुरी तय गर्नेछ । सो फ्लाइङ कारको भाडा ७० डलर प्रतिव्यक्ति रहेको छ । मोबाइल एपको मदतले सो फ्लाइङ कारको टिकट बुकिङ गर्न सकिनेछ ।

सो फ्लाइङ कारमा ३६ इलेक्ट्रिक जेट इन्जिन जडान गरिएको छ । र यो टेक अफ हुनेवित्तिकै स्ट्यान्डर्ड प्लेन जस्तै घुम्न शुरु गर्छ । इलेक्ट्रिक प्लेनको मुख्य समस्या रेन्जको हुने गरेको छ । तर हेलिकप्टर बेस्डमा आधारित यो मल्टिरोटर ड्रोन २००० हर्सपावर केवल १० प्रतिशत मात्र उर्जा खर्च गर्छ । जसले यो १० गुणा दुरी तय गर्छ । लिलियम कम्पनीको सो फ्लाइङ कार सन् २०१७ मा परीक्षण गरिएको थियो जसमा २ सिटर मात्र थियो । सो फ्लाइङ कारमा पाइलटको साथमा ५ जना व्यक्ति र अन्य लगेजको लागि पनि स्थान रहेको छ ।

You might also like

Comments are closed.