मोबाइल टावरमा फेस्टिबल अफर

पोखरा, १५ असोज ।

पोखराको केन्द्र महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरले दसैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी फेस्टिबल अफर सार्वजनिक गरेको छ । यो अफर भदौ १५ देखि कात्तिक महिनाभर कायम रहनेछ । टावरको सञ्चालक पोखरा टावर प्रालिका अध्यक्ष देवबहादुर श्रेष्ठले यो अवधिमा जुनसुकै सामान किन्दा पनि विशेष छुट दिइने बताए । उनले भने, चाडपर्वको उमंगमा अझ रौनक थप्न स्किम ल्याएका हौं ।’

अफर अन्तर्गत हरेक दिन लक्की ड्रमार्फत १ जनालाई मोबाइल सेट र ३ जनालाई भित्ते घडी दिइनेछ । टावरमा सामान खरिद गर्दाका कुपनहरु समावेश गरी मंसिर ३ गते बम्पर उपहार खोलिने पोखरा टावर सञ्चालक समिति सचिव नारायण सुवेदीले जानकारी दिए । बम्पर पुरस्कार विजेताले स्कुटर पाउनेछन् ।

यो ५ तले आधुनिक भवनमा सबैजसो कम्पनीका मोबाइल होलसेल तथा खुद्रा पसल छन् । ८० वटा मोबाइल पसल रहेको टावरको अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निशुल्क पार्किङको व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका पसल समेत छन् ।

You might also like

Comments are closed.