पोखरा, २४ भदौ । पोखराको केन्द्र महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरमा मोबाइल किन्नेको भीडभाड छ । भदौ १७ गतेदेखि औपचारिक रुपमा सुरु भएको पोखरा मोबाइल टाबरमा मोबाइलका होलसेल, रिटेल, मर्मत गरी ८० वटा सटर छन् ।
मोबाइल टावर सुभारम्भकै अवसरमा भदौ १७ देखि मोबाइल मेला जारी छ । मेलाको सातौं दिन आइतबारसम्म करिब ७० लाख कारोबार भएको मेलाका प्रचारप्रसार संयोजक नारायण सुवेदीले जानकारी दिए । मेला भदौ २७ गतेसम्म चल्नेछ । ग्राहकका लागि सित्तैमा पर्याप्त पार्किङ, हरेक मोबाइलमा ५ देखि ५० प्रतिशतसम्म छुट दिइएको छ । मेलामा सामान किन्ने ग्राहकमध्ये उपहार कुपनको आधारमा हरेक दिन ५ जनालाई सान्त्वना पुरस्कार दिइएको छ ।
आइतबारसम्म ३५ जनाले पुरस्कार पाइसकेका छन् । प्रचारप्रसार संयोजक सुवेदीले गण्डकी प्रदेशकै ठूलो मोबाइल बजारमा एकै भवनमा रोजीरोजी मोबाइल किन्न, मर्मत गर्न, पाट्सहरु समेत किन्न सकिने बताए । एउटै भवनबाट मोबाइलसम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालिले यो बजार सञ्चालन गरेको हो ।
मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने पोखरा टावरका अध्यक्ष उदय केसी लाहुरे दाइले बताए । मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिने प्रालिले जनाएको छ । एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ ।
Comments are closed.