लेखनाथ ।
नेपाल राष्ट्र बैंकबाट आ.व. २०७७÷७८ का लागि जारी भएको मौद्रिक नीतिका बारेमा मंगलवार लेखनाथ उद्योग बाणिज्य संघमा छलफल गरिएको छ ।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका वारेमा ब्यवसायीहरुका समस्यलाई सम्वोधन गर्ने गरि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा ब्यवस्था भएका विषय बस्तुका बारेमा नेपाल राष्ट्र बैक गण्डकी प्रदेश कार्यालयका निर्देशक डिल्लीराम पोख्रेलले जानकारी गराएका थिए ।
नेपाल राष्ट्र बैंकले वि सं २०५९÷६० देखि ल्याउदै आएको मौद्रिक नीतिलाई यस वर्ष भिन्न र फरक शैलिमा प्रस्तुत गर्दा कोरना भाईरसका कारण मारमा परेका आम उद्योग ब्यवसायीहरुलाई केही हदसम्ममा भए पनि राहत मिलेको सहभागी ब्यवसायीहरुको ठहर थियो ।
यस वर्षको मौद्रिक नीतिमा जेष्ठ मसान्त सम्मको आर्थिक सर्वेक्षणका आधारमा कोभीड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका कारण गत वर्षको आर्थिक बृद्धिदर ६.८ भए पनि यस बर्षको आर्थिक बृद्धिदर २.३ कायम राख्न सफल भएकोलाई पनि प्रगति नै भएको नेपाल राष्ट्र बैंकको आकडा रहेको निर्देशक पोख्रेलको भनाई थियो ।
मौद्रिक नीतिले साना देखि ठुला ब्यवसाय र विशेष गरि बैक तथा वित्तिय संस्थालाई सहयोग पुग्ने खालका नीति तथा नियमवालीहरु तयार पारेकाले आम ब्यवसायीहरुबाट सकारात्मक सुझाव आएको निर्देशक पोखरेलले बताए ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी र प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा लगायतले मौद्रिक नीतिले ब्यवसायीका समस्यालाई केही हदसम्म भए पनि सम्वोधन गरेकाले स्वागतयोग्य भएको र यसको कार्यान्वयन पक्षलाई विशेष जोड दिनुपर्ने सुझाव राखेका थिए ।
संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गरेका थिए ।




Comments are closed.