पोखरा । साउन २ गते राष्ट्रबैंकबाट जारी मौद्रिक नीतिलाई यातायात व्यवसायीहरुको संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले स्वागत गरेको छ । मौद्रिक नीतिले व्यवसायीलाई राहत दिने काम भएको भन्दै समितिले आभार व्यक्त गरेको छ । मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने प्रालिले माग समेत गरेको छ ।
कोरोना महामारीका कारण जारी लकडाउनले यातायात व्यवसायीहरुले आफ्ना गाडी चैतदेखि घर तथा ग्यारेजमा थन्काएर राखेका छन् । अब सार्वजनिक बस सञ्चालन गर्ने सरकारको तयारीसँगै व्यवसायीहरु पनि गाडीहरु सञ्चालन गर्न तयारी अवस्थामा रहेको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।
लामो तथा छोटो दुरीमा सवारी सञ्चालन गर्नका लागि छलफल तथा तयारी भइरहेकाले सवारी साधनहरु तथा कर्मचारीहरुलाई चुस्तदुरुस्त अवस्थामा राख्न प्रालिले व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
विज्ञप्तिको पूर्ण पाठ
Comments are closed.