मौलिक कौराहा पत्रकारिता पुरस्कार वितरण गरिने

पोखरा, ६ जेठ । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको नेपाल मगर पत्रकार संघ कास्कीद्वारा सञ्चालित मौलिक कौराहा पत्रकारिता पुरस्कार वितरण गरिने भएको छ । पुरस्कारका लागि छनोट समिति गठन भएको छ । पोखरामा भएको एक भेलाले रुद्र श्रीसमगरलको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको हो ।

जसको सदस्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष नरमाया आलेमगर तथा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर पदेन सदस्य छन् । पुरस्कार आगामी जेठ २५ गते पोखरामा वितरण गरिनेछ । पुरानो विषय र मौलितालाई उजागरण गर्दै पत्रकारिता गर्ने पत्रकारलाई हौसला स्वरुप यो पुरस्कार स्थापना गरिएको बताइएको छ ।

You might also like

Comments are closed.