यसरी गरियो ड्राइभर बिनै उड्ने ट्याक्सीको परीक्षण

नेदरल्यान्डको एमस्टरडममा सम्पन्न ड्रोन विकमा आउडी, एयरबस र इटलडिजाइनमा नयाँ फ्लाइङ ट्याक्सीको प्रदर्शन गरेका छन् । कम्पनीले यसको नाम पाप अ नेक्स्ट छ । प्रोटोटाइपको रुपमा तयार पारिएको सो कन्सेप्टमा सवारी बोक्न सक्ने क्षमता भएको ड्रोनलाई ड्राइभर विना चल्ने ट्याक्सीसँग जोडिएको छ । आउडीले सो मोडलको टेस्टिङ पनि गरेको छ ।
यो अदभुत डिजाइन तीन अलग अलग भाग जस्तै च्यासिस विथ ह्विल, टु सीट क्याप्सुल फर प्यासेन्जर्स र ४ रोटर

ड्रोनबाट मिलाएर बनाएका हुन् । कम्पनीले यसको मोडल प्रदर्शन गर्नको लागि सानो डिजाइन बनाएको थियो जसलाई एमस्टरडम ड्रोन विन कन्भेन्सनमा सबैको अगाडि प्रदर्शन गरेको थियो ।

सबैभन्दा पहिला ड्रोनले पुरै हलमा उडान भरेको थियो त्यसपछि सो ड्रोन निर्धारित स्थानमा आएर रोकिएको थियो । त्यसपछि एक सानो कार उसको तल आएर रोकिएको थियो जसमा लगाएको प्यासेन्जर्स क्याप्सुल लिफ्ट भएर ड्रोनमा फिट भयो र राम्ररी फिट भएपछि ड्रोन क्याप्सुललाई लिएर उडेको थियो ।

कम्पनीले अहिलेसम्म सो ट्याक्सीलाई कमर्सियल प्रयोगको लागि उडाउने कुनै योजना बनाएको छैन किनकी पप अप नेक्स्टलाई सर्वसाधारण ट्रान्सपोर्टको लागि प्रयोग गर्नको लागि यसको सुरक्षा, इन्फ्रास्ट्रक्चर जस्ता कुरामा केही ध्यान दिनु पर्ने हुन्छ ।

मिडिया रिपोर्टका अनुसार पप अप नेक्स्टलाई सर्वसाधारण प्रयोगमा ल्याउनको लागि अझ पनि एक दशक लाग्ने बताइएको छ ।

हालै उबरले पनि फ्लाइङ ट्याक्सी तयार पारेको छ जसलाई सन २०२३ सम्ममा सर्वसाधारण मानिसको लागि ट्रान्सपोर्टको रुपमा प्रयोग गर्नको लागि लक्ष्य बनाइएको छ । उबरको फ्लाइङ ट्याक्सीमा सानो व्याट्री पावर एयरक्राफ्ट जडान गरिएको छ जुन सानो हेलिकप्टर जस्तो देखिन्छ जसमा फिक्स्ड विंग र रोटर्सको प्रयोग गरिएको छ ।

You might also like

Comments are closed.