यसरी मनाइयो मोटरसाइक्लिङ सेफ्टी इयर २०७५

२०७५ लाई ‘मोटरसाइक्लिङ सेफ्टी इयर’ को रुपमा मनाइयो । गत वर्ष अर्थात सन् २०१८ को डिसेम्बर २५ मा नेपालमै पहिलो पटक ‘मोटरसाइक्लिङ सेफ्टी इयर २०७५’ घोषणा गरिएको थियो ।

नेपालमा मात्र नभई सम्भवतः संसारमै पहिलो पटक यसरी मोटरसाइकल सुरक्षालाई ध्यानमा राखी सेफ्टी इयर घोषणा गरिएको हुन सक्छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा¬)ले सो घोषणा गरेको थियो । अब हामी मोटरसाइक्लिङ सेफ्टी इयर २०७५ को अन्तिम क्षणमा आइपुगेका छौं ।

आज मोटरसाइक्लिस्टहरु अत्यन्तै असुरक्षित छन् संसारमै । नेपालमा पनि अन्य सवारी साधनको तुलनामा मोटरसाइकल राइडरको अवस्था डरलाग्दो छ ।
नेपालमा मोटरसाइकल राइडरको तुलनामा कार चालकहरु सडक दुर्घटनाबाट त्यति धेरै पीडित देखिदैनन् किनकि कारको संख्या नै कम हुनु मात्र होइन, सिट बेल्टको प्रयोग गर्नु, राम्रोसँग सिकेर मात्र गाडी हाक्नु जस्ता कारणले छिटपुट दुर्घटना मात्र कारसँग सम्बन्धित छन् ।

त्यस्तै ग्रामीण भेग र हाइवेमा हुने दुर्घटनामा भाडाका सवारी साधन अर्थात सार्वजनिक र ठुला सवारी साधनको संख्या मात्र होइन मृतक र घाइतेको संख्या पनि निकै छ । त्यो आगामी दिन सम्मको लागि नै समस्या बनिरहन सक्छ ।

दुर्घटनामा मृत्यु हुने संख्या न्यूनै भए पनि सबै भन्दा खतरामा छन् मोटरसाइकल राइडर्स ।
मोटर साइकल राइडिङ र त्यसबाट हुनेरभएका अन्य समस्याहरुका कारण यस प्रकार छन्ः
मोटरसाइकलको बनावट र प्रयोग गर्ने अवस्थामा तालमेल नहुँदा
मोटरसाइकल राइडर्स ज्यादा युवा समूहको भएकोले देखासिकी गरेर राइड गर्दा
राम्रोसँग नसिकी राइडिङ गर्दा
गुणस्तरीय हेल्मेटको प्रयोग नगर्दा
सानो र द्रुत गतिमा हुँइकिने सवारी साधन भएकाले
ट्राफिक नियमबारे राम्रोसँग जानकारी नहुँदा
ओभरलोड र ओभरस्पिड हुँदा
मोबाइलको प्रयोग र मापसे गर्दा आदि ।

यस्ता गर्न नहुने कतिपय कुराहरु छन् जसमा होनहार युवाले अकालमा आफ्नो ज्यान गुमाइरहेका छन् । जसलाई रोक्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ र अकाल मृत्युबाट युवा शक्तिलाई जोगाउन सकिन्छ ।

हो तिनै कारणले हाम्रो मुख्य चासो र सरोकार युवा समुदायमा बढी केन्द्रित भएको हो । मोटरसाइकलको ग्लोबल गभर्निङ बडी ‘फेडेरेसन इन्टरनेशनल डे मोटरसाइक्लिजम’ (एफआइएम) ले ‘वि द राइडर्स’ जस्तो अत्यन्तै प्रसंसनीय अभियान संचालन गरिरहेकाले हामीले पनि मोटरसाइकल सुरक्षा वर्ष २०७५ मनाउन उत्साहित भएका थियौं ।

मोटरसाइकल सेफ्टी इयर हाम्रा लागि मात्र होइन संसारका लागि पनि नौलो प्रयोग हो । गत डिसेम्बरमा शुरु गरेको यो अभियान लगभग १५ महिना सम्म सञ्चालन गरियो ।

उक्त अभियान अन्तर्गतः
कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिता
मोटरसाइक्लिङ कन्फ्रेन्स (पहिलो संस्करण घोषणा)
मोटरसाइक्लिङ कन्फ्रेन्स (दोस्रो संस्करणमा समापन)
हेल्मेटको राष्ट्रिय गुणस्तर चिन्हको लागि पहल
नयाँ यातायात ऐनमा सुरक्षाको प्रत्याभूतीको लागि पहल
सचेतना ¥यालीहरु
मिडिया ओरिएन्टेसन
सेफ्टी मोटिभेटर्स तालिमहरु
मेडिकल ओरिएन्टेसन
सार्वजनिक सञ्चार माध्यममार्फत प्रकाशन तथा प्रसारण
रोड सेफ्टी फिल्म फेस्टिभल
बुलेटिन प्रकाशन
लगायत दर्जनौं कार्यक्रमको घोषणा भएमुताबिक नै हाम्रा कार्यक्रमहरु आयोजना गरिए । जसमा लगभग ६ हजार युवाहरु प्रत्यक्ष र ४ लाख व्यक्तित्वहरु अप्रत्यक्ष लाभान्वित भएको अनुमान गरिएको छ ।

सन् १९०४ मा स्थापित एफआइएमलाई आम रुपमा बाइक रेसिङको विश्व संगठनको रुपमा बुझिन्थ्यो । यसमा एफआइएम र यसका फेडेरेसन ँभमभचबतष्यल ९ँःल्० हरुले केही वर्ष अगाडिदेखि के महसुस गरे भने ‘अब एफआइएम वा अन्य कुनै पनि संघसंगठनले चाहेर पनि सडक सुरक्षा, मोटरसाइकल सुरक्षा, सेफर एण्ड सस्टेनेवल मोविलिटी तथा टु व्हिल टुरिजम जस्ता एजेण्डाबाट भाग्नु हुदैन ।’

उनीहरुले आफूलाई रेसिङको वा अझ स्पोट्र्सको मात्र संस्था नभई सिङ्गो मोटरसाइक्लिङको संस्थाको रुपमा उभ्याउनु पर्छ भन्ने कुरामा सहमत भई सोही अनुसारको कार्ययोजना बनिरहेको कुरा यहाँ अवगत गराउनु बाञ्छनीय होला कि !

आज विश्वमा मोटरसाइक्लिङलाई कसरी बुझ्ने ? अनि कसरी यसबाट धेरै भन्दा धेरै फाइदा लिने भन्ने बहस भइरहेको छ ।
मोटरसाइकलको परिचय आज
सार्वजनिक यातायातको रुपमा,
महिला सशक्तीकरणको साधनको रुपमा
आधुनिक पर्यटनको पूर्वाधारको रुपमा
युवा प्रोत्साहन र सशक्तिकरणको माध्यमको रुपमा,
रोजगारी, साना उद्यम तथा आर्थिक उपार्जनको सहायकको रुपमा,
स्पोट्र्स र एडभेन्चरको रुपमा, विकास भएको छ ।
अर्थात हाम्रो नेपालमा मोटरसाइकललाई धेरै किसिमले बुझ्न, प्रयोग गर्न र त्यसबाट धेरै नै फाइदा लिन सक्छौं ढंग पु(याएर प्रयोग गरेमा । अन्यथा यही नै हाम्रो बिकराल समस्या बन्न सक्छ । यो कुरामा सबै पक्ष सचेत हुनु जरुरी छ ।

You might also like

Comments are closed.