यस्तो छ हुन्डाईको अन्तर्राष्ट्रिय मापदण्डको नयाँ सोरुमः विद्युतीय गाडी चार्जको सुविधा

काठमाडौं, २ माघ । नक्सालमा बिहीबार उद्घाटन गरिएको हुन्डाईको नयाँ सोरुममा विद्युतीय गाडी समेत चार्ज गर्न सकिने सुविधा उपलब्ध छ । हुन्डाईको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको उक्त सोरुममा ग्राहक लाउन्ज, बिक्री कक्ष, सल्लाहकार कक्ष आदिको व्यवस्था छ ।

दक्षिण कोरियाली राजदूत पार्क योङ–सिक, हुन्डाई मोटर एसियाका हेड वाई.एस.ली, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले संयुक्त रुपमा सोरुम उद्घाटन गरेका हुन् । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि लक्ष्मी ग्रुप अन्तर्गत छ ।

jutta mela

सो अवसरमा अध्यक्ष श्रेष्ठले हुन्डाई ग्राहकलाई अझै गुणस्तरीय सेवा प्रदान गर्नका लागि नयाँ सोरुम सञ्चालनमा ल्याएको बताए । हुन्डाईले केही दिन पहिले मात्र विद्युतीय कार कोना नेपाली बजारका लागि उपलब्ध गराएको छ । त्यसैगरी आज एक विशेष कार्यक्रमका बीच नयाँ स्यान्ट्रो लन्च भएको छ ।

You might also like

Comments are closed.