आर्थिक आवाज
पोखरा, १५ असोज । लामो समयदेखि यातायात तथा पर्यटन व्यवसायमा क्रियाशील युवा व्यवसायी केशवप्रसाद अधिकारी सम्मानित भएका छन् । यातायात व्यवसायका माध्यमबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए बापत अधिकारीलाई ‘राष्ट्र संरक्षण मिडिया’ले सम्मान गरेको हो ।
नेपाल पर्यटन बोर्ड काठमाडौंमा सोमबार एक कार्यक्रमका बीच सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अधिकारीलाई सम्मान गरे । पोखरा–काठमाडौंमा एसियाकै स्तरीय पर्यटक बस सञ्चालन गर्न सफल अधिकारीकै अगुवाईमा नेपाल भारतमैत्री बससमेत सञ्चालन भइरहेको छ ।
आन्तरिक पर्यटनको प्रवद्र्धनसँगै बाह्य पर्यटक भित्र्याउन समेत योगदान पु¥याएकाले अधिकारीलाई सम्मान गरिएको बताइएको छ । सम्मानले आगामी दिनमा थप रचनात्मक काम गर्न आफूलाई प्रोत्साहन मिलेको अधिकारीले बताए ।
Comments are closed.