यातायात महासंघको अध्यक्षमा कर्माचार्य, महासचिवमा सिटौलाको दोस्रो जित

चितवन, २० माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिवमा सरोज सिटौला दोस्रो पटक लोकप्रिय मतका साथ बिजयी बन्न सफल भएका छन् । सिटौलाले १०४२ मत ल्याउँदा प्रतिस्पर्धी भरत नेपालले ४८३ मत ल्याउन सफल रहे । अध्यक्षमा योगेन्द्र कर्माचार्य विजयी भए । मतगणनामा डोलनाथ खनाललाई २६७ मतान्तरले पराजित गर्दै कर्माचार्य आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । कर्माचार्यले ९ सय ८७ मत प्राप्त गर्दा पराजित खनालले ७ सय ८ मत मात्र पाए । महासचिव सिटौला अध्यक्षका प्रत्यासी डोलनाथ खनालको प्यानलबाट उम्मेदवार बनेका थिए ।

कमाचार्य कांग्रेस निकटको प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट अध्यक्षका उम्मेदवार थिए भने खनाल लोकतान्त्रिक समावेशी प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका थिए । बरिष्ठ उपाध्यक्षमा दीपक अधिकारी, बिजय बहादुर स्वाँर र हरिशरण केसी बिजयी भए । अधिकारी खनाल प्यानलका हुन् भने स्वाँर र केसी कर्माचार्य प्यानलका हुन् । उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापती, जितबहादुर भारती, रामप्रसाद सुवेदी, ऐनकुमार साई, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र प्रभुप्रसाद कलवार बिजयी बने । मतदानमा एकहजार सात सय ८० मत खसेको थियो ।

अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उपमहासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित महासचिव सरोज सिटौलाले जानकारी दिए ।

You might also like

Comments are closed.