यातायात व्यवसायीको मर्का बुझ्यो मुक्तिनाथ बैंकले, घटायो ब्याजदर

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । हाल बिद्यमान कोरोना भाइरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशव्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसंगसंगै अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै कर्जाको ब्याजदर घटाइएको सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

घटाइएको ब्याजदर भदौ २ गतेबाट लागु हुनेछ । तत्कालका लागि २ प्रतिशतसम्म ब्याजदर घटाइएको बैंकले जनाएको छ । यसबाट गत चैत्र महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकको गुरुङले बताए ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.