यातायात व्यवसायीलाई कम्पनीमा जान समय थप

काठमाडौं । यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जाने समय फागुन मसान्तसम्म दिइएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले फागुन मसान्तसम्म कम्पनीमा अनिवार्य जान सरकारले समितिलाई समयाबधि तोकेको हो । शनिबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव लगायत सहभागी थिए ।

कम्पनीमा लैजान कम्पनी ऐन, २०६३ को दफा ९ मा रहेको प्रावधानमा केही संशोधन गर्न आवश्यक देखिएको र संशोधनका लागि केही समय लाग्ने भएकाले म्याद थप गरिएको विभागले बताएको छ । बैठकले साविकका समितिअन्तर्गत सञ्चालनमा रहेका यातायात सेवालाई अनिवार्य रुपमा कम्पनी, उद्योग, सहकारीमा दर्ता गरी आ–आफ्नो यातायात सेवा पञ्जीकरण गर्न फागुन मसान्तसम्मको म्याद थप गरिएको छ ।

You might also like

Comments are closed.