यातायात व्यवसायीहरु चुनावी अभियानमा, डोलनाथ खनाल प्यानल देश दौडाहामा

पोखरा, १३ माघ । यातायात व्यवसायीहरुलाई चुनाव लागेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चितवनमा हुने पाँचौं महाधिवेशन मिति माघ १७ देखि १९ गते नजिकिएसँगै उम्मेदवारहरु चुनावी अभियानमा व्यस्त छन् ।

यसैबीच, बर्तमान कार्यबहाक अध्यक्ष डोलनाथ खनालले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी अभियान सञ्चालन गरेका छन् । सातैवटा प्रदेशमा यातायात व्यवसायीहरुको भेला सम्पन्न गरेर उम्मेदवारीका बारेमा प्यानलले जानकारी गराइएको छ ।

बाम गठबन्धनको समर्थनमा उम्मेदवारी घोषणा गरेका खनालको प्यानलमा वरिष्ठ उपाध्यक्षमा दीपक अधिकारी र भरत तिमिल्सिना, उपाध्यक्षमा मीनबहादुर मानन्धर, सरद अधिकारी, जीतबहादुर भारती, यादवलाल श्रेष्ठले उम्मेदवारी दिँदैछन् ।

महासचिवमा बर्तमान महासचिव पुण्यप्रसाद सिटौला ‘सरोज’ले नै उम्मेदवारी दिँदैछन् । उपमहासचिवमा मेघनाथ गौतम र वसन्त भण्डारी, कोषाध्यक्षमा हेमेन्द्र शेरचन, सहकोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र पर्यटनतर्फ वर्गीय संयोजकमा पुरुषोत्तम सिंखडाले उम्मेदवारी दिदैछन् ।

देशभर चुनावी अभियानमा हिड्ने क्रममा व्यवसायीहरुबाट साथ र समर्थन पाएको महासचिवका उम्मेदवार सिटौलाले जानकारी दिए । ‘संयुक्त समावेशी प्यानल बनाएर चुनावी अभियानमा लागेका छौं,’ उनले भने । १७ गते उद्घाटन, १८ गते बन्दशत्र र १९ गते निर्वाचन हुने केन्द्रीय सदस्य केशवप्रसाद अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.