यातायात समन्वय समितिमा पौडेल

 

पोखरा, २७ पुस ।

गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिको १०औ साधारण सभा तथा ७ औं अधिवेशनले केदार पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मव चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वी राजमार्ग वस संचालक समितिका योगेन्द्र बहादुर केसी, उपाध्यक्ष ट्याक्सी व्यवसायी समितिका प्रकाश तिवारी र गण्डकी मिनि ट्रकका दयाराम भारती, महासचिव पोखरा वसका अमृत शर्मा तिमिल्सिना, सचिव वेगनासका श्रीप्रसाद तिवारी, कोषाध्यक्ष विन्दवासिनीका सन्तोष राना, सह कोषाध्यक्षमा ट्याक्टर व्यवसायी समितिका लक्ष्मण वास्तोला निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.