पोखरा । पोखरामा यामाहाको नयाँ यामाहा रे जेडआर १२५ एफआईको बिक्री शुरु भएको छ । यामाहाको आधिकारिक विक्रेता पोखराको नयाँबजारमा रहेको भी.ए.डब्लु इन्टरप्राइजेज प्रालिले यामाहा रे जेडआर १२५ एफआई पोखरा भित्राएको हो । भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिले विहीबार आफ्नै प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरि सो स्कुटरको लञ्चिङ गर्दै विक्री शुरु ग¥यो ।
कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र हिमालयन रोडीज सिजन ३ का बिजेता सुजन सुबेदीले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरे ।
यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो स्कुटरले ७.५९ सेकेण्डमा पिकअप लिएर ६० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । उनले यो स्कुटरको माइलेज प्रतिलिटर ५८ किलोमिटर रहेको बताए ।
पोखरामा स्कुटरको मूल्य २ लाख ५४ हजार ९ सय रहेको श्रेष्ठले जानकारी दिए ।
यसैबीच, भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिले नेपालीको महान चाँडहरु बडादशैं तथा तिहारको अवसरमा स्कुटर खरिदमा ६ हजार क्यास डिस्काउन्ट दिने जनाएको छ । साथै एक्सचेञ्ज गर्दा प्रचलित मूल्य भन्दा १५ हजार थप मूल्यांकन गरि एक्सचेञ्ज अफर दिने श्रेष्ठले बताए ।
Comments are closed.