युआरएलको नयाँ वर्ष अफर, भिटामिन डीमा ५० र होल बडीमा २५ प्रतिशत छुट

पोखरा, १६ पुस

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले अंग्रेजी नयाँ वर्ष सुरुआतको अवसरमा भिटामिन डी र होल बडीका रक्त परीक्षणमा छुट दिने भएको छ । युआरएलले जनावरी महिनाभर भिटामिन डी परीक्षणमा ५० प्रतिशत र होल बडी जाँचमा २५ प्रतिशत छुट दिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

रोग लाग्नुअगावै आफ्नै स्वास्थ्य अवस्था जानकारी पाएर रोग भएमा उचित उपचार र नभएर सर्वसाधारणलाई ढुक्क बनाउन होल बडी चेक अपको छुट सहयोग हुने पन्त बताउँछन् । धेरै नेपालीमा भिटामिन डी कम हुने समस्या देखिएको र यसको जाँच महंगो भएकाले सबैले सहज तवरले सेवा पाउन भनी नयाँ वर्षमा सेवाग्राहीलाई छुट दिन लागिएको हो ।

ढाड दुख्ने, मांसपेशी तथा हड्डी दुख्ने, आलस्य बढी हुने, कपाल झर्ने जस्ता लक्षण भिडामिन डीको कमीले देखिने युआरएलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेय बताउँछन् । उनले भने, ‘भिटामिन डी कम वा बढी दुवै हुनु खतरनाक छन् ।’ घामको प्रकाश, सि फुड, अण्डाको पहेलो भाग आदिमा भिटामिन डी पाइन्छ । पाण्डे भन्छन्, ‘भिटामिन डी खानामा भएरमात्र हुँदैन, त्यसलाई भिटामिन बनाउनसम्म पूरा हुनुपर्ने प्रक्रिया शरीरमा हुन नसक्ने अवस्थामा पनि यो समस्या आउँछ ।’

मोटोपन बढी हुने, घरभित्रमात्रै काम गर्ने वा बसिरहने, बुढेसकाल लागेका, बढी सन्स क्रिम लगाउने, अनुहारै नदेखिने गरी कपाडा लगाउनेमा भिटामिन डीको कमी हुने सम्भावना बढी हुन्छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा करिब ३५ हजारलाई निशुल्क शिविरमार्फत सेवा दिइसकेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.