युआरएलको प्राविधिक सहयोगमा भरतपोखरीमा शनिबार निःशुल्क शिविर हुँदै

आर्थिक आवाज
पोखरा, ३ पुस । भरतपोखरी विकास मञ्च कास्कीले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार निःशुल्क रक्त परीक्षण शिविर गर्दै छ ।

बाघमारा बहुउद्देश्यीय सहकारीको सहयोगमा अन्नपूर्ण स्वास्थ्य चौकी पोखरा ३३ मा थाइराइड तथा रगतमा हुने खराब बोसोसम्बन्धी रगत जाँच निःशुल्क गर्न लागिएको हो । शिविरमा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तारा कोइरालाले विभिन्न रोगबारे सहभागीलाई जानकारी दिनेछन् ।

शिविरमा अन्य सबै प्रकारका जाँचमा समेत ५० प्रतिशत छुट दिइने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेका शिविरबाट अहिलेसम्म ३६ हजार भन्दा बढीले निशुल्क सेवा पाइसकेको छन् ।

You might also like

Comments are closed.