युआरएलमा मधुमेहको निःशुल्क परीक्षण, अन्य परीक्षणमा ३० प्रतिशत छुट

आर्थिक आवाज
पोखरा, २९ चैत । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । युआरएलले वैशाख महिनाभर सभागृहचोकमा रहेको मुख्य कार्यालय र दमौली र दुलेगौंडामा रहेका शाखामा सित्तैमा मधुमेह जाँच हुनेछ ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले वैशाख महिनाभर सबैखाले परीक्षणमा ३० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यो क्षेत्रमा रेफरेन्स ल्याब सुरु गरेको युआरएलले गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन यो स्किम ल्याएको पन्तले बताए । उनले भने, ‘सर्वसाधारणमा ल्याब गएर जाँच गरी समस्या पत्ता लगाउन निदान गर्ने चलन हामीले बसायौं । सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने अभियानको पनि युआरएलले नै नेतृत्व गर्दै छ ।’

५ वर्षअघि स्थापना भएको युआरएलले अहिलेसम्म निशुल्क शिविर र असहाय, गरिब गरी ४२ हजारभन्दा बढीलाई निशुल्क सेवा दिइसकेको छ । विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले अहिलेसम्म ७० वटा निशुल्क शिविर गरिसकेको छ ।

You might also like

Comments are closed.