युआरएलले दमौलीमा निशुल्क शिविर गर्ने

पोखरा, ८ चैत

पोखरामा मुख्य कार्यालय रहेको युनाईटेड रेफरेन्स ल्याव्रोटरीले दमौलीमा निशुल्क शिविर गर्ने भएको छ । नयाँँ बर्ष २०७६ को शुभ अवसरमा शिविर गर्न लागिएको हो ।

रगतमा हुने खराव बोसो (टि.जी) र थाईराईड सम्वन्धी निशुल्क रगत जाचँ तथा होल बडी सहित अन्य सवे खाले परिक्षणमा ५० प्रतिशत छुट गरिने युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । मधुमेह, थाईराईड तथा हर्मन रोग विशेषज्ञ डाक्टर तारा कोईरालाले विभिन्न रोग वारे सचेतना दिने बताईएको छ ।

शिविर चैत २३ गते शनिवार युआरएलको दमौली शाखामा हुनेछ । विहान ७ बजेदखी दिउसो १ बजे सम्म शिविर संचालन हुनेछ ।

You might also like

Comments are closed.