युआरएल र पन्त सम्मानित

पोखरा, ९ असोज ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र यसका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित भएका छन् । डाइनोटेक सपोर्ट प्रालि र रोस कम्पनीले सोमबार काठमाण्डौंमा आयोजना गरेको रोस युजर मिट २०१८ मा भाइब्रेन्ट रोस युजर अवार्डबाट युआरएल र पन्तलाई सम्मान गरिएको हो ।

नेपालमै सबैभन्दा धेरै पारामिटर सञ्चालन र सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा युआरएललाई सम्मान गरिएको हो । सम्मानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप अत्याधुनिक परीक्षण पोखरामै उपलब्ध प्रेरणा मिलेको युआरएलका प्रबन्ध निर्देशक पन्तले बताए । उनले युआरएलले धेरै बिरामी भएका राजधानीका अस्पतालका प्रयोगशाला र रेफरेन्स ल्याबहरुले पनि सञ्चालन गर्न नसकेका केही परीक्षण पोखरामै उपलब्ध गराइरहेको बताए ।

कार्यक्रममा प्रोमिनेन्ट रोस युजर अवार्डबाट अल्का अस्पतालका नवराज थापा र अलराउन्डर रोस युजर अवार्डबाट धरानका राजेन्द्रमोहन चौधरी सम्मानित भए ।

समारोहमा रोस मेसिनको प्रयोग, परीक्षण र गुणस्तरीय रिपोर्टबारे ५ वटा कार्यपत्र पेश भएका थिए । युआरएलका ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेयले इनोभेटिभ बायोमाकर्स विषयमा कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा डाइनोटेक सपोर्ट प्रालिका अध्यक्ष कान्ति थापा, रोस कम्पनीका डा. दिपिका जिन्दल र विष्णु सक्तवात र डाइनोटेकका सञ्चालक सुशील थापाले पनि बोलेका थिए ।

You might also like

Comments are closed.