युथ क्लव बिच मैत्री सम्बन्ध कायम

तनहुँ, २८ माघ
पोखरा महानगरपालिका वडा नं. १६, बाटुलेचौरमा रहेको हिमालय क्लव र तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका वडा नं. ३ मा रहेको मस्र्याङदी युथ क्लव विच मैत्री सम्बन्ध कायम भएको छ ।
आँबुखैरेनीमा आयोजित एक कार्यक्रमका विच हिमालय क्लवका अध्यक्ष मोहनबहादुर थापा तथा मस्र्याङदी युथ क्लवका अध्यक्ष जयप्रकाश के.सी.ले मैत्री सम्बन्ध सम्झौता–पत्रमा हस्ताक्षर गरि औपचारिकता दिएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेशको प्रदेशद्धारमा आवस्थित मस्र्याङ्दी युथ क्लव र प्रदेशको राधानीमा रहेको हिमालय क्लव विच भएको मैत्री सम्बन्धले एक अर्कामा रहेको सामाजिक, आर्थिक सहयोग आदानप्रदान हुने कुरामा गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले बताए ।
मितेरी सम्बन्धले एक अर्काको सामाजिक र साँस्कृतिक पाटोलाई जोड्न सफल हुन गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले बताए ।
मस्र्याङ्दी युथ क्लवका अध्यक्ष जयप्रकाश के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यहरु पुष्पा के.सी. दोबाटे वि.क., आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापा, आँबुखैरेनी उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णमान तामाङ्ग, मस्र्याङ्दी क्लवका सल्लाहकारहरु उपेन्द्र देवकोटा, रत्नकुमार श्रेष्ठ, हिमालय क्लवका सल्लाहकार रामबहादुर बानियाँ, हिमालय क्लवका मानार्थ सदस्यहरु उदयबहादुर बस्नेत र बेनीबहादुर बस्नेत लगायतले बोलेका थिए ।
हिमालय क्लवका उपाध्यक्ष सुशील बस्नेत र दुर्गालाल श्रेष्ठले मस्र्याङदी युथ क्लवका अध्यक्षलाई क्लवको तर्फबाट मानार्थ अध्यक्षताको सम्मानबाट सम्मानित गरेको थिए भने त्यस्तै मस्र्याङदी युथ क्लवका उपाध्यक्ष सविता भट्टराईले हिमालय क्लवका अध्यक्षलाई मानार्थ अध्यक्षको सम्मानबाट सम्मान गरेकी थिइन् ।

You might also like

Comments are closed.