‘युनाइटेड क्लबलाई प्रदेश सरकारको साथ’, पोखरा महोत्सव अपेक्षा भन्दा बढी सफल

आर्थिक आवाज
पोखरा, ८ माघ । सरकारले गर्नुपर्ने कामलाई क्लबले उठान गरेको भन्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा महोत्सव आयोजक युनाइटेड क्लबलाई प्रदेश सरकारको संधै साथ र सहयोग रहने प्रतिवद्धता जनाएका छन् । मुलुक संघीयतामा अगाडि बढिरहदा २०६७ सालदेखि सरकारले गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा क्लबले महोत्सवको आयोजना गरी काम गरिरहेको सन्दर्भमा चिडियाखाना निर्माणको कामलाई गण्डकी प्रदेश सरकारले स्वामित्व ग्रहण गरी योजनालाई सफल बनाउन प्रदेश सरकार लागि परेको समेत वताए ।

नवौं पोखरा महोत्सवको समापन समारोहमा मंगलबार बोल्दै मन्त्री लम्सालले प्रदेश सरकार गठनसंगै पोखरा महोत्सव आयोजक युनाइटेड क्लबको उद्देश्यलाई प्रदेश सरकारले पर्यटन क्षेत्रसंग जोडेर क्लबको पहलमा पोखराको लेखनाथमा निर्माणाधिन खुल्ला चिडियाखानालाई डेढ करोड रुपैयाँ बिनियोजन गरी काम अगाडि बढिसकेकाले अब क्लबको उद्देश्य पुरा भइ २०२२ मा प्रदेश सरकारले लिएको लक्ष्यलाई पुरा गर्न चिडियाखानाले समेत ठूलो टेवा पुग्ने बताए ।

लम्सालले पोखरामा मानव निर्मित पर्यटकीय स्थलहरु गुम्बा र स्तुपाहरु मात्र भइरहेको सन्दर्भमा पोखराको लेखनाथमा निर्माणाधिन रहेको खुल्ला चिडियाखानाले पोखराको पर्यटक बसाइ लम्ब्याउन थप मदत पुग्ने वताए । चिडियाखानामा अझै सम्भावनाहरु खोज्नका लागी प्रदेश सरकारले थप डेढ करोड रुपैयामा पचभैया, तनहुको भानु , बाग्लुङ र पर्वतका विभिन्न सामुदायिक वनहरुमा सम्भावित क्षेत्रहरुमा अध्ययन समेत भइरहेको मन्त्री लम्सालले वताए ।

गण्डकी प्रदेश सभाका सदस्य मन बहादुर गुरुङले महोत्सवको आयोजना गरी सामाजिक कामसंगै पर्यटन क्षेत्रमा समेत काम गरेर अगाडि बढिरहदा युनाइटेड क्लबको अभियानलाई सबैले मिलेर साथ दिन आवश्यक रहेको बताए । अर्का सदस्य दीपक कोइरालाले क्लबले गरेको कामले गण्डकी प्रदेशको मात्र नभइ समग्र नेपाललाई विश्वसामु चिनाउने काम भएकाले सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

अर्का सदस्य राजीव पहारीले सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लबले अब प्राकृतिक सम्पदाहरु फेवाताल लगायतको संरक्षणमा समेत अगाडि बढ्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सभाका सदस्य विन्दु कुमार थापाले महोत्सवहरुमा सवैभन्दा लोकप्रिय पोखरा महोत्सवलाई दर्शकले सधै साथ दिएर सफल हुने गरेको र यसले लिएको लक्ष्यलाई पनि गण्डकी प्रदेश बासीको साथ र सहयोग रहेकाले महोत्सवहरुले पर्यटन प्रवद्र्धनसंगै आर्थिक चलायमानमा थप टेवा पुग्ने गरेको बताए । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले युनाइटेड क्लब अन्य क्लब भन्दा भिन्दै धारमा अगाडि बढेकाले यसले लिएको लक्ष्यलाई सबैले साथ दिएको खण्डमा नेपालकै नमुना क्लब बन्नेमा कुनै दुइ मत नरहेको बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले युनाइटेड क्लबको अभियानलाई नेपाली कांग्रेस कास्कीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले युनाइटेड क्लबले आफ्नै वडामा चिडियाखना निर्माणको काम शुरु गरेकाले वडाबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वताए ।

क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्क निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलले नवौं महोत्सव सम्म आइपुग्दा क्लबकै पहल कदमीमा पोखरामा मानव निर्मित खुल्ला चिडियाखाना निर्माणको काम धमाधम अगाडि बढिरहेको र त्यहा जुलोजिकल पार्क निर्माणभन्दा पहिला निर्माण सम्पन्न भइसकेको बन्यजन्तु उद्धार केन्द्र हाल सञ्चालनमा रहेको र आगामी असोजबाट सर्वसाधारणका लागि जुलोजिकल पार्क खुल्ला गरिने बताए ।

क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष तथा सांस्कृतिक संयोजक राजु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेक थिए । पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालित महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको लोकदोहोरी तथा लाइभ कन्सर्ट प्रस्तुति रहेको थियो भने महोत्सवमा विभिन्न प्रकारका स्टलहरु, बाल उद्यान, जानकारी मुलक डकुमेन्ट्रीहरुको प्रस्तुति रहेको थियो । महोत्सवमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यहरुको जानकारी, होमस्टेको प्रवद्र्धन, पोखराको पचभैयामा निर्माणाधिन चिडियाखानाको स्याण्ड मोडल र सर्प संरक्षण सम्वन्धी जानकारी दिइएको थियो । महोत्सव स्थलबाटै लेखनाथको पचभैयामा निर्माणाधिन खुल्ला चिडियाखाना जुलोजिकल पार्कको अवलोकनको लागी निःशुल्क बसको समेत व्यवस्था गरिएको थियो । महोत्सव अपेक्षा भन्दा बढी सफल भएको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.