युनाइटेड क्लब पवित्र भावना भएकाहरुले पवित्र उद्देश्य राखेर अघि बढेको संस्था होः महासचिव थापा

शान्तबहादुर थापा
महासचिव, युनाइटेड क्लव पोखरा

युनाइटेड क्लव बिशुद्ध सामाजिक संस्था हो । यो क्लव हामीले सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान दिने उद्देश्यले नै स्थापना गरेका हौं । सामाजिक मनोभावना भएका व्यक्तिहरुले सामाजिक कार्य गर्ने पवित्र उद्देश्य र पवित्र मन लिएर अघि बढेको क्लव हो यो । शुरुवात देखिनै युनाइटेड क्लव पोखराले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकासका लागि काम गर्दै आएको छ । केहि वर्षदेखी हाम्रो क्लवले सेती नदी संरक्षणमा पनि काम गरिरहेको छ । त्यतिमात्र होइन हाम्रो क्लवले खुल्ला चिडियाखाना निर्माणको नेतृत्व पनि गरिरहेको छ । जुलोजिकल पार्क निर्माण गर्न सकियो भने यसले पर्यटनमा गुणात्मक फड्को मार्ने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने निश्कर्ष निकालेरै हामीले यसलाई प्राथमिकतामा राखेका हौं । २०६७ साल बैशाख ७ गते क्लव स्थापना ग¥यौं । क्लव स्थापना पनि सामाजिक कार्यसँगै पोखरामा एउटा चिडियाघर बनाउने उद्देश्यले नै गरेका थियौं । अहिले जुलोजिक पार्क बनाउने काम तिव्र रुपमा भइरहेको छ ।

महोत्सव सफल बनाउन हरतरहले प्रयास गरेका छौं । सबैतिरबाट सहयोग राम्रो भइरहेको छ । प्रचारप्रसार पनि तिव्र रुपमा भइरहेको छ । म प्रचारप्रसार संयोजक भएको नाताले प्रचारप्रसार मेरै नेतृत्वमा भइरहेको छ । हामीले प्रचार प्रसारमा रेडियो, एफएम, टेलिभिजन, पत्रपत्रिकालगायतलाई प्रयोग गरेका छौं । सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार राम्रो भइरहेको छ । त्यस्तै हामीले पोखराका माइक्रो बसहरु, लेखनाथमा चल्ने माइक्रो बसहरु, ट्याक्सीसहित नीजि सवारी साधनहरुमा पनि महोत्सवको पर्चा पम्प्लेटहरु टाँसेर प्रचारप्रसार गरिरहेका छौं । आशा छ महोत्सवमा धेरै भन्दा धेरै दर्शक आउनु हुनेछ र महोत्सव सभ्य र भव्य रुपमा सम्पन्न हुनेछ ।

You might also like

Comments are closed.