युनाइटेड क्लवको अध्यक्षमा लालकाजी गुरुङ

पोखरा, २४ भदौ ।
सामाजिक कामको माध्यामबाट नाम कमाउन सफल युनाइटेड क्लव पोखराको अध्यक्षमा लालकाजी गुरुङ चयन भएका छन । शनिवार सम्पन्न क्लवको आठौ साधारण सभा तथा चौथो अधिवेशनाबाट आगामी दुइवर्षे कार्यकालका लागी लालकाजी गुरुङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । क्लवको प्रथम उपाध्यक्षमा राजु श्रेष्ठ, द्धितिय उपाध्यक्षमा लोक बहादुर थापा, महासचिवमा शान्त बहादुर थापा, कोषाध्यक्षमा गणेश तिमिल्सिना र सह कोषाध्यक्षमा निर्मला लामिछाने चयन भएकी छिन । त्यसैगरी सदस्यहरुमा दिनेश सुनार, पूर्णकला पोख्रेल, सीमा गुरुङ, दिवानी सुवेदी, जयराम आचार्य, सन्तोष कार्की, विष्णु कुमार गुरुङ र पूर्ण श्रेष्ठ चयन भएका छन् ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट छोटो समयमा नाम कमाउन सफल रहेको वताउदै आगामी दिनमा पनि क्लवले अवलम्बन गरेको उद्देश्यमा कामलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष तथा पोखरा ज्यूलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले स्थापना कालदेखीनै सामाजिक कामको माध्यामबाट समाजमा काम गर्दै आइरहेकाले पोखरामा ज्योलोजिकल पार्क निर्माण गर्न सफल भएको वताए । बख्रेलले क्लव स्थापनाकालको स्मरण गर्दै पोखरामा केही युवाहरुले चिडियाखानाको नारा लगाएर नहुने हल्ला गर्दैछन भन्ने हल्ला गर्नेहरुलाई युनाइटेड क्लवले सामाजिक काम र चिडियाखाना निर्माणको कामबाट हल्ला होइन काम गरेर देखाउन पर्छ भन्ने सन्देश प्रदान गर्न क्लव सफल रहेको समेत वताए ।

कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का प्रतिनिधी निशा मल्ल ठकुरीले युनाइटेड क्लवले सामाजिक कामकै माध्यामबाट आफुलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल रहेको वताउदै अन्य सामाजिक संस्थाहरुले पनि युनाइटेड क्लवबाट सिको गर्नुपर्ने वताइन । क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सल्लाहकार क्याप्टेन फत्त बहादुर गुरुङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्था मगर, पोखरा ज्योलोजिकल पार्कका सचिव दामोदर भक्त थापा, विहानी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा लगायतले शुभकामना ब्यक्त गरेका थिए कार्यक्रममा कोषाध्यक्ष गणेश तिमिल्सिना र महासचिव राजु श्रेष्ठले कोषाध्यक्ष र महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङलाई प्रहरी सेवाबाट पु¥याएको योगदानलाई कदर गर्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

क्लवको लक्ष्य अनुसारनै काम गर्ने नवनिर्वाचित अध्यक्ष गुरुङको प्रतिवद्धता
युनाइटेड क्लवका नवनिर्वाचित अध्यक्ष लालकाजी गुरुङले क्लवको लक्ष्य अनुसारनै काम गर्ने प्रतिवद्धता जनाएका छन् । नव निर्वाचित अध्यक्ष गुरुङले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गर्दै स्थापना कालदेखीनै क्लवले लिइएको लक्ष्य अनुसार क्लव आजको दिन सम्म आइपुगेको वताउदै क्लवले लिएको लक्ष्य शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमै आफ्नो टीमले काम गर्ने वताए ।

गुरुङले आफ्नो सुरुवाती काम पोखरामा क्लवहरु बीच आपसी भाइचारा सद्भाव कायम गर्ने उद्देश्यले क्लवले लिइएको लक्ष्य अनुसार द युनाइटेड कपको आयोजना गर्ने, दुर दराजमा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी छात्राबृद्धि अक्षयकोष स्थापना गर्ने, स्वास्थ्य शिविर संग संगै उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको बारेमा सचेतनामुलक कार्यक्रमहरुलाई दुर दराजका गाउहरुमा सञ्चालन गर्ने वताए ।

त्यसैगरी युनाइटेड क्लवको पहलकदमीमा पोखरा लेखनाथको पचभैयामा निर्माणधिन अवस्थामा रहेको पोखरा ज्योलोजिकल पार्क निर्माणका लागी क्लवको तर्फबाट सहयोगलाई निरन्तरता दिने र सेती नदी संरक्षणलाई विशेष अभियानका रुपमा सञ्चालनका लागी आफ्नो टीमले विभिन्न संघ सस्थाहरुसंग सहकार्य गरेर अगाडी वढ्ने गुरुङले वताए ।

युनाइटेड क्लवद्धारा ०७४÷७५ मा सामाजिक क्षेत्रमा २० लाख ५६ हजार खर्च, ३० लाख ११ हजारको अक्षयकोष स्थापना
युनाइटेड क्लवले आर्थिक वर्ष ०७४÷७५ मा सामाजिक क्षेत्रमा २० लाख ५६ हजार ९ सय ९३ रुपैया खर्च गरेको छभने ३० लाख ११ हजारको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षणमा स्थापना कालदेखीनै काम गर्दै आइरहेको युनाइटेड क्लवले आर्थिक वर्ष ०७४ ÷७५ मा विभिन्न सामाजिक क्षेत्रमा २० लाख ५६ हजार ९ सय ९३ रुपैया खर्च गरेको हो ।

क्लवले चिडियाखाना निर्माणमा १० लाख १० हजार, सेती नदी संरक्षणमा ४ लाख ९६ हजार ८ सय ४८, शिक्षा उपसमितीमा १ लाख ९६ हजार ३ सय ५, स्वास्थ्य तर्फ १ लाख ६१ हजार ३ सय ७०, खेलकुद तर्फ १ लाख २३ हजार ४ सय ७०, विभिन्न संघ सस्थाहरुलाई सहयोग ६९ हजार गरी कुल २० लाख ५६ हजार ९ सय ९३ रुपैया खर्च गरेको वर्ष ०७४÷७५का महासचिव राजु श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी क्लवले लिइएको लक्ष्य अनुसार शिक्षा, स्वास्थ्य र खेलकुद बिकासको लागी ३० लाख ११ हजारको अक्षयाकोष स्थापना गरेको छ । जस अनुसार शिक्षामा १० लाख १ हजार, स्वास्थ्यमा १० लाख ५ हजार र खेलकुदमा १० लाख ५ हजारको अक्षयकोष स्थापना गरेको क्लवले जनाएको छ ।

You might also like

Comments are closed.