युनाइटेड क्लवमा सल्लाहकार चयन तथा विभिन्न उपसमितीहरु गठन

 

पोखरा, ३० भदौ ।

युनाइटेड क्लवको चौथो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितीको पहिलो बैठकले सल्लाहकार तथा विभिन्न उपसमितीहरु गठन गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया गन्तब्य स्थल चिडियाखाना निर्माण र सेती नदी संरक्षणको काम गर्दै आइरहेको युनाइटेड क्लवको चौथो अधिवेशनबाट निर्वाचित भएका कार्यसमितीहरुको पहिलो बैठकले सल्लाहकार तथा विभिन्न उपसमिती गठन गरेको हो ।

बैठकले क्लवको सल्लाहकारहरुमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, विश्व प्रकाश लामिछाने, क्याप्टेन फत्ते बहादुर गुरुङ, सेती थापा, राजेन्द्र बहादुर थापा, सम्मर बहादुर श्रेष्ठ, शुसिलराज पराजुली, रमेश बहादुर कार्की, लिला बहादुर अधिकारी र प्रेम छिरीङ शेर्पालाई चयन गरेको छ ।

त्यसैगरी क्लवको सामाजिक कामलाई सफल बनाउनका लागी विभिन्न उपसमितीहरु समेत गठन गरेको छ । जस अन्तर्गत शिक्षा उपसमिती संयोजकमा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिती संयोजकमा द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, सेती नदी संरक्षण उपसमिती संयोजकमा सचिव सूर्य बहादुर बानिया, स्वास्थ्य उपसमिती संयोजकमा जयराम आचार्य, खेलकुद उपसमिती संयोजकमा विष्णु कुमार गुरुङ, महिला उपसमिती संयोजकमा निर्मला लामिछाने, पर्यटन प्रवद्र्धन उपसमितीमा दिनेश सुनार, प्रशिक्षण तथा तालिम उपसमितीमा पूर्ण श्रेष्ठ, युवा उपसमिती संयोजकमा सन्तोष कार्की चयन भएका छन् ।

बैठकले क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल अध्यक्ष रहेको पोखरा जुलोजिकल पार्क निर्माण समितीमा क्लवको तर्फबाट क्लवका अध्यक्ष लालकाजी गुरुङ उपाध्यक्ष र देवानी सुवेदी सदस्य रहने गरी पठाउने निर्णय गरिएको क्लवका महासचिव शान्त थापाले जानकारी दिए ।

You might also like

Comments are closed.