युनाइटेड फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

पोखरा । युनाइटेड फाइनान्स लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खाताहरुमा ७ प्रतिशत ब्याजदर घोषणा गरेको छ । साधारण बचत, स्पेशल बचत, नव नारी बचत, अवसर बचत खाता लगायतका खाताहरुमा उक्त ब्याज दिने घोषणा गरेको हो ।

मुद्दति खाताहरुमा ९.५ देखि १० प्रतिशतका दरले ब्याजदर तोकेको फाइनान्सका पोखरा शाखा प्रमुख दीननाथ तिवारीले जानकारी दिए । ३ महिनादेखि १ वर्षसम्मको मुद्दति खातामा ९.५ प्रतिशत र १ वर्ष भन्दा माथिको मुद्दति खातामा १० प्रतिशतका दरले फाइनान्सले ब्याजदर निर्धारण गरेको हो ।

You might also like

Comments are closed.