युनाईटेड क्लवद्वारा कुंडहर आधारभुत विद्यालयमा खेलकुद पोशाक वितरण

पोखरा, ४ बैशाख

युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताब्यापी कार्यक्रम अन्तर्गत पोखराको कुंडहरमा रहेको कुंडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । क्लवले कुंडहर आधारभुत विद्यालयमा अध्ययनत ३० जना विद्यार्थीलाई खेलकुद पोशाक वितरण गरेको हो ।

सो अवसरमा वोल्दै कुंडहर आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मैना कुमारी गुरुङले सामाजिक काम मार्फत पोखरामा छुट्टै स्थान हासिल गर्न सफल युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामहरु गर्दै आइरहेको सन्दर्भमा आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद ब्यक्त गर्दै युनाईटेडको हरेक काममा आफ्नो विद्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

विद्यालय पोशाक वितरण कार्यक्रमका संयोजक तथा युनाईटेड क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र सोही कार्यक्रम अनुसार कुंडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको वताए ।

त्यस्तै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखीनै विभिन्न सामाजिक काम गर्दै आइरहेको वताउदै आगामी दिनहरुमा पनि आफ्नो क्लवले लिएको लक्ष्यलाई पुरा गर्न सवैसंग सहकार्य गरेरै अगाडी वढ्ने वताए । उक्त कार्यक्रमको सञ्चालक क्लवका महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

You might also like

Comments are closed.