युनिक्याम्पस ग्लोबलको ‘गो अष्ट्रेलिया एजुकेशन फेयर’

 

आर्थिक आवाज

पोखरा, १ असोज । युनिक्याम्पस ग्लोबलले अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै ‘गो अष्ट्रेलिया एजुकेशन फेयर’ गर्ने भएको छ । सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधी गर्न जाने विद्यार्थीलाई लक्षित गरी फेयरको आयोजना गरिएको युनिक्याम्पस ग्लोवल पोखराका बिजनेश डेभलपमेन्ट म्यानेजर सुरज रानाले जानकारी दिए । असोज ६ गते बुटवल, ७ गते चितवन, ८ गते पोखरा र १० गते पुतलीसडक काठमाडौंमा फेयर आयोजना गरिएको छ ।

युनि क्याम्पसले अष्ट्रेलियाका ख्याती प्राप्त कलेजका साथै सरकारी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु उपस्थित गराएर त्यहाँको शैक्षिक अवस्था, विद्यार्थीले पाउने छात्रबृत्ति तथा पढाई पछाडिको अवसरको बारेमा विद्यार्थी तथा अभिभावकहरुसँग अन्तरक्रिया गरिने रानाले जानकारी दिए । फेयरमा आउने सबै विद्यार्थीलाई एक सय रुपैयाँको रिर्चाज कार्ड र एक जनालाई सामसुङ ग्यालेक्सी ट्याव उपलब्ध गराउने यूनिक्याम्पस ग्लोवल पोखराका सञ्चालक शिव वाग्लेले बताए ।

प्राइभेट कलेजमा अध्ययन गर्दा भन्दा सरकारी कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्दा विद्यार्थीलाई हुने फाइदा, शिक्षाको गुणस्तर तथा अध्ययन पछिको अवसरका बारेमा यथार्थ जानकारी गराउने उद्देश्यले फेयरको आयोजना गरिएको वाग्लेको दाबी छ ।

फेयरमा विद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्थाको जानकारी लिई त्यहि अनुसारको कलेज तथा विश्वविद्यालय छनोटमा युनिक्याम्पसका काउन्सिलरहरु र यूनिभर्सिटीका प्रतिनिधीहरुले सहजीकरण गर्नेछन् । असोज ८ गते पोखराको विरौटा स्थित पोखरा ग्रान्डमा फेयर हुने वाग्लेले जानकारी दिए ।

युनिक्याम्पसले अष्ट्रेलिया, अमेरिका, थाइल्याण्ड तथा भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्शको साथै भिषा आवेदन गर्दा सहयोग गर्दै आएको छ । यूनिक्याम्पस ग्लोवल पोखराले विद्यार्थीलाई आइएलटिस, टोफलका तयारी कक्षाहरुका साथै आइटी कक्षाहरु समेत सञ्चालन गरेको छ ।

You might also like

Comments are closed.