युनिक चौतारी, युनिटी चौतारी र सफल चौतारीको चार्टर हस्तान्तरण

पोखरा । पोखरामा ३ वटा क्लबको एकैदिन चार्टर हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा सृजना चौतारीले स्पोन्सर गरेका क्लबहरु लायन्स क्लब अफ पोखरा यूनिक चौतारी, पोखरा युनिटी चौतारी र पोखरा सफल चौतारीको चार्टर हस्तान्तरण गरिएको हो ।

प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले आइतबार एक कार्यक्रमबीच चार्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, पूर्व गभर्नर ध्रुब थापा, रिजन चियरपर्सन बिना गुरुङ, जोन चियरपर्सन वसन्त गिरी लगायतले बोलेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...