युनिटी चौतारीको अवार्ड वितरण

पोखरा, ८ साउन ।

लायन्स क्लब अफ पोखरा युनिटी चौतारीका लायन वर्ष २०१७÷१८का अध्यक्ष सरस्वती गिरीले अवार्ड वितरण गरेकी छन् ।

हालै एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लबका सदस्य, पदाधिकारी सहित डिष्ट्रिक्टका लिडरहरुलाई अवार्ड वितरण गरेकी हुन् । ‘कार्यकाल सफल बनाउन लायन्सका लिडरदेखि क्लबका सम्पूर्ण साथीहरुबाट महत्वपूर्ण सहयोग पाएँ,’ उनले भनिन्, ‘अवार्ड वितरण गरी सहयोगीहरुलाई सम्झन पाउँदा हर्षित छु ।’ गिरी क्लबको संस्थापक अध्यक्ष हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले स्थापनाको छोटो समयमा युनिटी चौतारीले प्रशस्त सामाजिक काम गरेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा निबर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, डिष्ट्रिक्ट फस्ट भाइस गभर्नर इन्दु लम्साल, सेकेन्ड भाइस गभर्नर मनबहादुर रोका, निबर्तमान क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल, लायन्स लिडरहरु विशेश्वर आचार्य, दुर्गाप्रसाद हुमागाई, वसन्त गिरी लगायतले बोलेका थिए । क्लबका हरेक गतिविधिमा प्रत्यक्ष सहयोग गरेका लायन वर्ष २०१७÷१८ का जोन चियरपर्सन वसन्त गिरीलाई क्लबले सम्मान गरेको छ ।

You might also like

Comments are closed.