युनिटी चौतारीको आयोजनामा युवालाई सीप विकास तालिम

पोखरा, २८ जेठ । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीद्वारा आयोजित ३ महिने सीप विकास तालिम आइतबार सम्पन्न भएको छ । क्लबको दोस्रो चार्टर नाइट कार्यक्रमका अवसरमा तालिमको समापन गरिएको हो । ३ महिनासम्म २० जना युवालाई भवन वायरिङ डेभलभमेन्ट तालिम दिइएको क्लबका अध्यक्ष सरस्वती गिरीले जानकारी दिइन् ।

क्लबले विद्युतीय सामग्री, प्रशिक्षक, तालिम हल र खाजा सहितको व्यवस्थापन गरी निःशुल्क तालिम प्रदान गरेको हो । देशबाट विदेश पलायन हुने युवाहरुलाई आत्मनिर्भर हुनेगरी सीप सिकाइएको उनले बताइन् । सोही अवसरमा क्लबले गभर्नर भिजिट कार्यक्रम समेत गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर धनराज आचार्य सीपमूलक तालिमले युवाहरुलाई आन्मनिर्भर बनाउन सहयोग पु¥याउने बताए ।

You might also like

Comments are closed.