युनेस्को क्लबहरुको राष्ट्रिय महासंघको वार्षिक साधारण सभा पोखरामा सुरु

पोखरा, १४ मंसिर

नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरुको राष्ट्रिय महांसंघको वार्षिक साधारण सभा पोखरामा सुरु भएको छ । शुक्रबार पोखरा महानगपालिका प्रमुख मान वहादुर जि.सीले साधारसभाको उद्घाटन गरेका हुन् ।

युनेस्कोका गतिविधि र मिशनलाई तल्लो तह सम्म पु¥याउन उल्लेख्य भूमिका निर्वाह गर्दै आएको युनेस्को क्लबले तल्लो समुदाय सम्म पुगेर, शिक्षा, विज्ञान, संस्कृति र शान्तीको वारेमा नागरिकलाई सहजिकरण गर्दै आएको भन्दै प्रमुख जि.सि.ले खुसी व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै शिक्षक यूनियन कास्कीका सचिव डाल्डादेवी भूजेलले शिक्षा र संस्कृतिको माध्यमबाट मुलुकमा सकारात्मक सन्देश प्रवाह गर्ने अभियानमा लागेको महासंघलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रम दुई दिन सम्म चल्ने बताइएको छ । उद्घाटन कार्यक्रममा बाड नं. १३, १२, २८ का वडा अध्यक्षहरु दर्शन लामा, रामबहादुर कार्की र निर्मल दियालीले शुभकामना व्यक्त गरेका थिए । नेपाल यूनिस्को संघ संस्थाहरुको राष्ट्रिय महासंघमा १६४ क्लवहरुको सहभागिता रहेको छ । उक्त क्लबको केन्द्रिय कमिटि र क्लबका प्रतिनिधिहरुको भेला पोखरामा भएको हो ।

महासंघका केन्द्रिय अध्यक्ष आनन्द त्रिपाठीको अध्यक्षतामा भएको साधारण सभामा केन्द्रिय कोषाध्यक्ष तथा स्थानिय संयोजक विकाश गुरुङले स्वागत र महासचिव महेश्वर शर्माले संचालन गरेका थिए । साधारण सभा शुक्रवार र शनिवार चल्ने छ ।

You might also like

Comments are closed.