युम होङ्गलाई कुमार खड्ग बिक्रम शाहशी अवार्ड र डेनियललाई सर एड्मड हिलरी लेगेसी अवार्ड

देबिका तामाङ

पोखरा । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाँचौं संस्करणको अन्तरार्ष्ट्रिय पर्वतीय  (ग्रेट हिमालयन) महोत्सवमा अन्तरार्ष्ट्रिय पर्वतीय दिवसको अबसर पारी दोस्रो दिन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीबाट महोत्सवको ग्रान्ड ओपनिङ  गरिएको छ  ।

मन्त्री अधिकारीले भ्रमण वर्षसँगै सन २०२० मा २० लाख पर्यटक भित्रिए सबैको साथ र सहयोगमा सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने बताए ।

उनले भने “नेपाल पर्वतारोहण संघलाई सरकार नै मान्छौ, सरकारले गर्ने काम कै जिम्मा संघलाई लगाएका छौँ अर्थात् पर्वतारोहण संघले राजश्व संकलन गर्न पाउने, आफ्ना ऐन नियम बनाएर हिमाल आरोहणमा अनुमति दिने एवं राजश्व संकलन गर्ने अधिकार संघलाई रहेको छ ।” मुलुक संघियता गइराख्दा पर्वतारोहण संघलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

पर्वतारोहण संघलाई अझै राम्रो एवं व्यवस्थित बनाउनका निम्ती नेपाल सरकार हरेक कदममा साथ दिन तत्पर रहेको समेत उनले बताए ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको दिनमा नागरिक तथा पर्यटन उड्डयन मन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतित्थ्यमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्ग बिक्रम शाहशी अवार्ड २०१८ र सर एड्मड हिलरी लेगेसी अवार्ड २०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएको थियो ।

विश्व प्रसिद्ध कुमार खड्ग बिक्रम शाहशी अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिलले आफूले पाएको अवार्ड स्वर्गीय सम्पूर्ण आरोहीहरु प्रति समर्पित गरे ।  उनले नेपाललाई आफ्नो दोस्रो घरको रुपमा रहेको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कुलको समेत स्थापना गरिसकेको बताए ।

संघका महासचिव कुलबहादुर गुरुङले अन्तरार्ष्ट्रिय पर्वतीय संग्रहालयमा जारी महोत्सवमा हिमाली समुदायको परम्परागत संस्कृतिक नाच, झाँकीहरुको प्रतिस्पर्धा जारी नै रहेको बताए । उनले पोखराको बाटुलेचौरका गन्र्धवहरुको जीवनमा आधारित ५० वर्ष पहिलेदेखि हालसम्मको अबस्थाबारे केन्द्रित रहि बनाएको बृतचित्र प्रस्तुत गरिएको समेत जानकारी दिए ।

लोपोन्मुख तारो हान्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद इन्द्रराधा विष्टले गरेका थिए भने छेलो हान्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद राजीव पहारीले गरे ।

गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायहरु बिचको सांस्कृतिक नाँच एवं ४० वटा खाना एवं अन्य स्टलहरुको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले बताए ।

You might also like

Comments are closed.