युवातीहरुका लागी ३ महिने व्युटिसियन तालिम

तनहँ, १२ बैशाख
तनहुँको व्यास नगरपालिका–१मा युवतीहरुका लागी ३ महिने सहायक व्युटिसियन तालिम तालिम सञ्चालन गरेको छ ।  नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सहयोगमा ३सय ९० घण्टा तालिम सञ्चालन हुनेछ ।

उक्त तालिममा व्यास नगरपालिका क्षेत्र २० जना युवतीहरुको सहभागिता रहेको छ ।  बजारमा व्युटिसियनहरुको अत्याधिक माग रहेको बेरोजगारी समस्या पनि उत्तिकै रहेकाले तालिम सञ्चालन गरिएको हो ।

यस्ता तालिमका माध्यमले स्वरोजगार बन्न प्रेरणा मिल्ने प्रशिक्षक सपना पौडेलले बताइन् । जनहित टेनिगं एण्ड टेडिगं प्रा.लि. तालिम तथा रोजगार प्रदायक संस्था रहेको तालिमलाई जुना दरै र सपना पौडेलले प्रशिक्षण दिनेछन् ।

व्यवहारीक र जीवन उपयोगी सीप सिक्न पाएकोमा निकै उत्साहित भएका छन् ।  उपयोगी सिपले रोजगारीको लागि पनि सहज हुने र आफ्नो खुट्टामा आफै उभिन सक्ने तालिममा सहभागी शशी दरैले बताइन् ।

त्यस्तै अर्को सहभागी दिपा थापाले नेपाल सरकारले यस्तो खालको कार्यक्रम ल्याएकोमा खुशी लागेको चर्चा गर्दै तालिम पश्चात जीवननिर्वाहकै लागी अरुमा निर्भर पर्न नपर्ने बताईन ।

You might also like

Comments are closed.