युवाहरुका लागि निःशुल्क कुकिङ तालिम

आर्थिक आवाज
पोखरा, १३ साउन । लायन्स क्लब अफ पोखरा पिस चौतारी र लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजना र कान्तिपुर होटल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा आयोजित निःशुल्क कुकिङ तालिमको आइतबार एक समारोहबीच शुभारम्भ भएको छ ।

२१ जना विभिन्न ठाउँबाट आएका प्रशिक्षार्थी तथा लायन्स क्लब अफ पोखरा पिस चौतारी र लायन्स क्लब अफ पोखरा हेरिटेजका २० जना सदस्यका परिवारहरूलाई दिइने सो निःशुल्क कुकिङ तालिमको शुभारम्भ कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालका द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले यस्ता किसिमका तालिमले स्वरोजगार र स्व–व्यवसायलाई ठूलो हौसला प्राप्त हुने उल्लेख गर्दै क्लब सदस्यका परिवारहरूले पनि आफ्नै घरमा होटल तथा रेस्टुरेन्टको जस्तो स्वादिष्ट खाना खान सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना, डिस्ट्रिक्ट जीएमटी को–अर्डिनेटर दुर्गाप्रसाद हुमागाईं, क्लस्टर प्रमुख होमविलास सापकोटा, रिजन चियरपर्सन मेघनाथ काफ्ले, रिजन चियरपर्सन सोबित पौडेल, जोन चियरपर्सन विष्णु ढुंगाना, जोन चियरपर्सन दयाल गिरी, कमिटी मेम्बर शिव सुवेदी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

लायन्स क्लब अफ हेरिटेजका अध्यक्ष विजय पौडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष मगनलाल श्रेष्ठले स्वागत मन्तव्य र हेरिटेजका सचिव श्यामहरि तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसअघि लायन्स क्लब अफ पोखरा हेरिटेजले २१ जना प्रशिक्षार्थीहरूलाई निःशुल्क कुकिङ तालिम प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.