युवाहरुको उद्यम यात्रा, कफी बगान काठमाडौंदेखि पोखरासम्म

काठमाडौं । युवा व्यवसायी लोकराज पौडेल र अन्तिम क्षेत्रीले काठमाडौंमा ३ वर्ष अगाडि कफी बगान सञ्चालनमा ल्याए । काठमाडौंको कफी बगानमा कफी पारखीको आकर्षण देखिएपछि विभिन्न ठाउँमा शाखा बिस्तार गर्ने सोच उनीहरुले बनाए । राजधानीको पाटनबाट कफी बगान सञ्चालनमा ल्याएका पौडेल र क्षेत्रीको पहिलो रोजाई बन्यो पोखरा ।

पोखराको विन्ध्यबासिनीस्थित सराङकोटचोक हाइवेमा कफी बगानको शाखा खुल्यो । पोखरा शाखाको फ्रेन्चाइज पार्टनर बने अर्का युवा कृष्ण भुर्तेल । कफी बगानको शाखा काठमाडौंको बत्तीसपुतलीमा समेत खुलिसकेको छ ।

कफीका साथै बेकरी आइटमहरु पनि कफी बगानबाट बिक्री भइरहेको पौडेलले जानकारी दिए । ‘खाजा तथा नास्ताका लागि फुड आइटमहरु ग्राहकको रोजाई अनुसार तयार हुन्छ,’ उनले भने, ‘कफी बगानमा शुद्ध अर्गानिक कफीको स्वाद लिन पाइन्छ ।’ नेपाली फार्ममै उत्पादन गरिएको कफी मात्रै प्रयोग हुने उनले जानकारी दिए ।

कफी बगानमा अर्गानिक कफीका ५० प्रकारको स्वाद लिन सकिने पोखरा शाखाका सञ्चालक कृष्ण भुर्तेलले जानकारी दिए । एस्प्रेसो, क्यापाचिनो, अमेरिकानो, फ्लेभर कफि, ब्रु कफी लगायत ग्राहकले आफ्नो चाहना अनुसार कफीको स्वाद लिन सक्नेछन् । बेकरीमा बर्थडे केक, प्रेसट्रिज, ब्रेडहरु लगायत उपलब्ध छन् । कफी बगानको पोखरा शाखामा मात्रै ५० जनाको क्षमता छ । अन्य शाखामा पनि सोही संख्यामा एकैपटक सेवा प्रदान गर्न सकिने पौडेलले जानकारी दिए ।

कफी बगान पोखरामा वारिष्टा ट्रेनिङ

कफी बगानको पोखरा शाखामा वारिष्टा ट्रेनिङ स्कुलसमेत सञ्चालन भइरहेको छ । उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जान चाहने तथा नेपालमा नै हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहनेहरुका लागि लक्षित गरी वारिष्टा ट्रेनिङ सञ्चालनमा ल्याइएको सञ्चालक पौडेलले जानकारी दिए ।

पोखराको कफी बगान बेकरी, वारिष्टा र कफी मात्रै १ करोड ५० लाख रुपैयाँ लगानी भइसकेको भुर्तेलले जानकारी दिए । पोखरा शाखामा १७ जना कर्मचारी कार्यरत छन् । दक्ष तथा अनुभवी प्रशिक्षकबाट ट्रेनिङ प्रदान गरिने भुर्तेलले जानकारी दिए ।

You might also like

Comments are closed.