युवा उद्यमशीलता विकास तथा युवा लक्षित कार्यक्रमका लागि गण्डकी प्रदेश सरकार तयार

पोखरा । युवा उद्यमशीलताका विषयमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङसँग छलफल तथा अन्तरक्रिया गरेको छ । युवा उद्यमशीलता विकास तथा युवा लक्षित कार्यक्रम गर्ने सन्दर्भमा मुख्यमन्त्रीसँग भएको छलफल निकै उपयोगी भएको मञ्च पोखराका अध्यक्ष पुनित वैद्यले जानकारी दिए ।

युवा लक्षित कार्यक्रम तथा युवा उद्यमशीलता विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको मुख्यमन्त्री गुरुङले बताए । युवा उद्यमी मञ्चसँग सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

युवाहरूको सशक्तीकरण, उद्यमशीलता विकास, रोजगारी सिर्जना, देशको विकासमा उद्यमीहरुको भूमिका तथा र संलग्नता लगायत विविध विषयमा मुख्यमन्त्रीसँग छलफल गरिएको अध्यक्ष वैद्यले आर्थिक आवाजलाई जानकारी दिए ।

युवाहरुसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री गुरुङले कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेको प्रोग्राम चियर निरन केसीले जानकारी दिए । मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेले संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न मञ्चले कार्ययोजना बनाएको बताए ।

 

You might also like

Comments are closed.