युवा उद्यमी पौडेलद्वारा पोखरा उद्योग वाणिज्य संघको उम्मेदवारी घोषणा

पोखरा, ३१ साउन । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाविधेशनमा युवा उद्यमी सोभित पौडेलले उम्मेदवारी दिने भएका छन् । आफू निकटका व्यवसायीमाझ उम्मेदवारी बन्ने घोषणा गरेर आन्तरिक प्रचारप्रसारमा जुटेका पौडेलले बिहीबारबाट भने सार्वजनिक रुपमै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने तयारी गरिरहेको पौडेलले आर्थिक आवाजलाई बताए । ‘संघको गरिमालाई उच्च बनाउन संघको सदस्य बनेर भूमिका निर्वाह गर्नेछु,’ उनले भने, ‘सबैको साथ र सहयोग पाउने अपेक्षा गरेको छु ।’

ओम साखिमी सप्लायर्स, डाफे होटल प्रालि, विन्ध्यबासिटी पार्टी प्यालेसका सञ्चालक पौडेल बिगत १४ वर्षदेखि व्यावसायिक क्षेत्रमा आबद्ध छन् । उनले विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरिसकेका छन् । जेसिज, लायन्स लगायतका सामाजिक संघसंंस्थामा आबद्ध पौडेलले आफ्नो अनुभवलाई निजी क्षेत्रको छाता संस्थामा प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । संघको महाधिवेशन आगामी असोज ५ र ६ गते हुँदैछ ।

You might also like
1 Comment
  1. Narayan prasad chapagin says

    सफलताको अग्रिम सुभकामना छ सर हजुर लाई

Comments are closed.