युवा उद्यमी मञ्चद्वारा बहिनी एजुकेयर फाउन्डेसनलाई सहयोग

पोखरा । नेपाली युवा उद्यमी मञ्च पोखराले बहिनी एजुकेयर फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । मञ्चले फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

मञ्चका अध्यक्ष पुनित वैद्यले फाउन्डेसनका अध्यक्ष छिरिङ लामा शेर्पालाई चेक हस्तान्तरण गरेका हुन् । लकडाउनका कारण भोकै रहने आवस्थामा पुगेका १ सय ५० जनालाई १० दिनसम्म खाना खुवाउन फाउन्डेसनसँग मञ्चले सहकार्य गरेको हो ।

यसअघि मञ्चले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मास्क र सेनिटाइजर वितरण गर्नुका साथै वडा प्रहरी कार्यालय बैदाममा ओटोमेटिक सेनिडाइजेन टनेल जडान गरिसकेको प्रोग्राम चियरपर्सन निरन केसीले जानकारी दिए ।

You might also like

Comments are closed.