युवा ज्योतीलाई लायन्स फेवा सिटीद्वारा सहयोग

पोखरा, ४ भदौ ।
लायन्स क्लब अफ पोखरा फेवा सिटीले पोखरा २२ पुम्दीभुम्दी भुलभुलेको श्री युवा ज्योति आधारभूत विद्यालयलाई सहयोग गरेको छ । सोमबार एक कार्यक्रमबीच शैक्षिक सामग्री, स्कुल ब्याग र ह्वाइट बोर्ड वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी राम बसेलले शैक्षिक सामग्री वितरण गरेर क्लबले प्रसंसनीय कार्य गरेको बताए ।

कार्यक्रममा डिष्ट्रिक्ट चिफ एडभाइजर धु्रब श्रेष्ठ, सिनियर एडभाइजर एकनारायण शर्मा, रिजन चियरपर्सन मोती तिमिल्सिना, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडानन्द बराल, प्रधानाध्यापक धन बहादुर बिक, टोल विकास संस्थाका अध्यक्ष भवानीप्रसाद बराल, कार्यक्रम संयोजक तथा क्लबका संस्थापक अध्यक्ष लक्ष्मी बराल, पूर्व अध्यक्ष तुलसी अधिकारी लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राधिका शर्माले र सञ्चालन सचिव गीता कँडेलले गरेकी थिइन् ।

You might also like

Comments are closed.